१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मकवानपुर गोल्डकप : आर्मी मकवानपुर गोल्डकपबाट बाहिरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:१९:oo

दुईपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब पाँचौँ मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको बिहीबार सम्पन्न क्वार्टफाइनलमा एपिएफसँग टाइब्रेकरमा पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा एपिएफका गोलरक्षक राजु नगरकोटी नायक बने । उनले आर्मीका दुईवटा प्रहारलाई रोक्दै आफ्नो टोलीलाई अन्तिम चारमा पुर्‍याएका हुन् । नगरकोटीले आर्मीका कप्तान नवयुग श्रेष्ठ र दीपक गुरुङको प्रहार रोकेका थिए । आर्मीका टेकबहादुर बुढाथोकी र विकास खवासको प्रहार गोल भएको थियो । टाइब्रेकरमा एपिएफका नवीन लामा, सुदीप शिख्राकार,
दिपेश घिमाल र सनिश श्रेष्ठले गोल गरेकाथिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले राम्रो मौका गुमाएका थिए ।

खेलको म्यान अफ दी म्याच एपिएफका गोलरक्षक राजु नगरकोटी हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको खेलमा शुक्रबार घरेलु टोली मकवानपुर ११ ले मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ । १० फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाइक पाउनेछन् । विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ हात पार्नेछन् । 

ad
ad