१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o८:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

निर्मला कुर्मी हत्या अनुसन्धानमा विशेष समिति गठन हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:२४:oo

माइतीघरमा ४८ दिनदेखि जारी धर्ना स्थगित

रहस्यमय ढंगले बेपत्ता नेपालगन्जकी निर्मला कुर्मी हत्यामा विशेष समिति गठन गरी घटनाको नयाँ ढंगले अनुसन्धान गर्न सरकार सहमत भएको छ । गृह मन्त्रालय र आन्दोलनरत पक्षबीच वार्तापछि यस्तो सहमति भएको हो ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार भएको वार्तामा सरकारका तर्फबाट गृहका सहसचिव जितेन्द्र बस्नेत सहभागी थिए । आन्दोलनरत पक्षबाट सामाजिक अभियन्ता रुबी खान सहभागी थिइन् । सहमतिसँगै माइतीघर मण्डलामा ४८ दिनदेखि जारी धर्ना समापन भएको छ । गृहप्रवक्तासमेत रहेका बस्नेतले आन्दोलनरत पक्ष र गृहबीच तीनबुँदे सहमति भएको बताए । उनले भने, ‘निर्मला कुर्मी हत्यामा अनुसन्धान होस् भन्ने उद्देश्यले माइतीघर मण्डलामा ४८ दिनदेखि आन्दोलन चलिरहेको थियो । उहाँहरू र हामीबीच वार्ता भयो । दुई पक्षबीच तीनबुँदे सहमति भयो । सहमतिअनुसार निर्मला कुर्मी हत्या अनुसन्धानका लागि सरकारले अब विशेष अनुसन्धान समिति गठन गर्नेछ । आन्दोलनमा सहभागीको ज्यानको सुरक्षा पनि सरकारले नै गर्नेछ । योसँगै आन्दोलन स्थगित गर्न उहाँहरू सहमत हुनुभएको छ ।’

रुबी खानसहितका अभियन्ता निर्मला हत्या अनुसन्धानमा न्यायिक आयोग गठन हुनुपर्ने माग राख्दै आन्दोलनरत थिए । तर, सरकार आयोग गठन गर्न भने सहमत भएको छैन । गृहप्रवक्ता बस्नेतले आयोग गठनको विषयबाट आन्दोलनरत पक्ष पछि हटेको बताए । 

उनले भने, ‘उहाँहरूले न्यायिक आयोग गठनको माग राख्नुभएको थियो । विशेष अनुसन्धान समिति गठन गरिने भएपछि उहाँहरू पूर्ववत् मागबाट पछि हट्नुभयो । दुई पक्षबीच यही विषयमा सहमति भयो ।’

धर्नाको ४० दिनपछि गत वर्ष २० पुसमा घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गर्ने सरकार र उनीहरूबीच सहमति भएको थियो । त्यसअघि उनीहरू नेपालगन्जबाट २० दिनको पैदल यात्रा गर्दै दबाब दिन काठमाडौं आएका थिए । दबाबपछि घटनाको अनुसन्धान गृह मन्त्रालय तयार भएको थियो । दुई पक्षबीच सम्झौता पनि भएको थियो । सम्झौताअनुसार छानबिन समिति गठन भयो । उक्त समितिले पनि घटनाको छानबिन गरिनुपर्ने बताएको छ । तर, हालसम्म सरकारको निकायले घटनाको छानबिन गर्न सकेको छैन ।

नेपालगन्ज उपमहानगरपालिका– १७ परसपुरकी निर्मला ०७६ देखि बेपत्ता छिन् । अपहरणपछि उनको हत्या गरिएको भन्दै आफन्तले बाँके प्रहरीमा गत १६ मंसिर ०७७ मै १२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले घटनाको बेवास्ता ग¥यो । सोही घटनालाई लिएर महिला अधिकारकर्मी रुबी नेपालगन्जमै आन्दोलनमा उत्रिइन् । सुनुवाइ नभएपछि उनीसहितका टोली पैदल हिँडेर काठमाडौं आएर माइतीघर मण्डलामा अनशन बसे । नौ दिनको अनशनपछि सरकारसँग घटनाको छानबिन गर्न सहमति भएको थियो ।

निर्मलाका श्रीमान् महालु कुर्मीको ०६२ मा मृत्यु भएको थियो । त्यसपछि ०६६ मा उनका दुई छोराको पनि १० दिनको फरकमा मृत्यु भएको थियो । निर्मलाका श्रीमान् बितेको चार वर्षपछि दुई छोराको पनि रहस्यमय ढंगले मृत्यु भएको एक अनुसन्धानले देखाएको छ ।

ad
ad