१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

आरोहण गुरुकुलका १४ विद्यार्थी दीक्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४६:oo

आरोहण गुरुकुल काठमाडौंबाट नाट्य प्रशिक्षण लिएका १४ विद्यार्थी दीक्षित भएका छन् । आरोहणले सञ्चालन गरेको एक वर्ष अवधिको आवासीय ‘रंगमञ्चीय कला कार्यक्रम’मा सहभागी विद्यार्थीलाई सोमबार थापागाउँस्थित कुञ्ज नाटकघरमा एक समारोहबीच प्रमाणपत्र प्रदान गरिएको हो ।

नेपाली रंगमञ्चलाई व्यावसायिक बनाउने र गुरुकुल परम्पराअनुसार नाट्य अध्यापन गराउने गरेको आरोहणले ०७८ पुसदेखि कक्षा सञ्चालन गरेको थियो । अभिनय, संगीत, दृश्य कलासँगै रंगमञ्चका आधारभूत तत्वहरू, निर्देशन, रंगमञ्च र राजनीति, कचहरी नाटकलगायतबारे प्रशिक्षित गरी विद्यार्थीले एक वर्ष समयावधिमा विभिन्न ६ वटा नाटकमा अभिनय गरेका थिए ।

चार दशकभन्दा बढी समयदेखि आरोहणले नेपालमा रंगमञ्चीय गतिविधि गर्दै आएको छ । दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव, सयौँ नाटक मञ्चन गरेको आरोहणले काठमाडौं र विराटनगर शाखामार्फत आवासीय कक्षा सञ्चालन गरेर करिब ५० रंगकर्मी उत्पादन गरिसकेको छ ।

ad
ad