१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:२७:oo

महेन्द्रनगर खुला मञ्चमा औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु भएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु भएको हो।

महोत्सवको एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले मेला महोत्सवले आर्थिक गतिविधि एवं स्थानीय वस्तु, सेवा र कला संसकृतिको प्रवर्द्धनमा सहयोग पुग्ने उल्लेख गरे।

‘कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृृद्धिको आधार’ भन्ने मूल नाराका साथ वाणिज्य संघले १४औँ संस्करणको महोत्सव सञ्चालन गरेको हो। कोरोना महामारीका कारण लगातार दुर्ई वर्ष मेला हुन सकेको थिएन। यो संस्करणको महोत्सवमा झन्डै ५ करोडको कारोबार हुने कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव तथा प्रचारप्रसार समिति संयोजक खगेश्वर बोहराले बताए।

ad
ad