१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १३:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा ११ फागुनदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:२४:oo

लमजुङमा हात्तीपाइले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको छ । जिल्लामा रोग नियन्त्रणका लागि सन् २००९ देखि कार्यक्रम लागू भएपनि न्यूनीकरण नहुँदा रोग नियन्त्रण गर्न चुनौती बढेको हो ।

हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारी अभियानसमेत सञ्चालन गरिएको छ । आगामी फागुन ११ गतेदेखि जिल्लामा १४औं पटक औषधी खुवाइने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जानकारी दिए ।

उनका अनुसार जिल्लाको धमिलिकुवा र चक्रतीर्थमा गत मंसिरमा गरिएको हात्तीपाइले रोगको सर्वेक्षणमा प्रकोपदर १ प्रतिशतभन्दा कम देखिएको थियो । निवारणका लागि फागुनमा औषधी खुवाइने र त्यसपछि ६ महिनामा पुनः परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार ६ महिनामा प्रकोपदर १ प्रतिशत भन्दा बढी देखिए अर्को वर्ष पनि औषधी खुवाइने छ भने कम देखिए २ वर्षपछि मात्रै परीक्षण गरिने छ । जिल्लामा वयस्कमा परीक्षण गर्दा संक्रमणदर घटेको र अब बालबालिकामा परीक्षण गरिने प्रमुख दवाडीको भनाई छ ।

औषधिका कारण ‘साइड इफेक्टु हुन्छ भन्ने भ्रममा पर्दा यो रोगविरुद्धको औषधि सेवन गर्नेको संख्या कम रहेकाले पनि रोग नियन्त्रण चुनौतीपूर्ण बनेको उनले बताए ।

ad
ad