१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २३ आइतबार १३:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जातीय भेदभाव मुद्दाका फरार दोषी जेल चलान

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:४२:oo

अदालतले तीन वर्ष जेल सजायको फैसला सुनाएपछि फरार रहेका एक व्यक्तिलाई रामेछाप प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । शरीर बन्धक र जातीय भेदभावसम्बन्धी मुद्दामा तीन वर्ष जेल सजायको फैसला भएपछि फरार रहेका मन्थली नगरपालिका– ६ का शेरबहादुर नगरकोटीलाई प्रहरीले बिहीबार जेल चलान गरेको हो ।

रामेछाप जिल्ला अदालतले गत भदौ २९ गते नगरकोटीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा तीन वर्ष पाँच महिना आठ दिन कैद र २५ हजार जरिवाना तथा जातीय छुवाछुत मुद्दामा ११ महिना आठ दिन कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलासँगै उनी फरार रहेका थिए ।

नगरकोटीलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला कारागार रामेछाप पठइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।

ad
ad