१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

क्रमिक सुधारको बाटोमा जिल्ला अस्पताल डोटी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:४१:oo

डोटी जिल्ला अस्पताल क्रमिक सुधारको बाटोमा गइरहेको छ । स्वास्थ्य निर्देशनालय राजपुरले अस्पतालको सुशासन व्यवस्थापन, स्वास्थ्य उपचार सेवा, अस्पताल सहयोग सेवाजस्ता मापदण्डलाई आधार मानेर गरिएको अनुगमन तथा सर्वेक्षणमा जिल्ला अस्पताल डोटीले ७७ अंक प्राप्त गरेको छ । 

स्वास्थ्य उपचार सेवामा ७९, सुशासन तथा व्यवस्थापनमा ८३ र अस्पताल सहयोगमा ६४ प्रतिशत अंक प्राप्त गरेको अस्पतालले औसतमा ७७ अंक प्राप्त गरेको हो । विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्दै आएको अस्पतालले स्वास्थ्य उपचार सेवा, सुशासन तथा व्यवस्थापनमा राम्रो अंक प्राप्त गरे पनि अस्पताल सहयोग कार्यक्रममा भने राम्रो अंक प्राप्त गर्न सकेन। 

यसभन्दा पहिला गरिएको अनुगमनमा ७५ अंक पाएको अस्पतालले दुई अंक थप्दै ७७ अंक प्राप्त गरेको हो । प्रत्येक ६ महिनामा सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरूमा अनुगमन तथा सर्वेक्षण गरी अस्पतालको सेवा प्रवाह तथा कार्य सम्पादनका आधारमा मूल्यांकन गर्ने गरिएको स्वास्थ्य निर्देशनालय डोटीका न्यूनतम सेवा मापदण्ड कार्यक्रमको सम्पर्क व्यक्ति सुप्रिया बस्नेतले बताइन् ।  

तत्काललाई अस्पताल निर्माणाधीन क्रममा रहेको, एम्बुलेन्स तथा शवबाहन नभएका कारण केही अंक कमी भए पनि प्रक्रियामा रहेका योजना पूरा हुनेबित्तिकै अस्पतालले राम्रो सेवा प्रवाह गर्न सक्ने न्यूनतम सेवा मापदण्ड अनुगमन तथा मूल्यांकन टोली प्रमुख अर्जुन भट्टले बताए । भट्टले भने, ‘नयाँ भवनबाट सेवा र शवबाहन एम्बुलेन्स खरिद भइसकेको भए अझै राम्रो हुन्थ्यो, यहाँहरूले गरेको प्रयास राम्रो छ ।’ 

जिल्ला अस्पतालमा सुधारका लागि निरन्तर प्रयासमा रहेको डोटी जिल्ला अस्पताल  व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले बताए । नेपालीले भने, ‘हामी बिरामीको सेवामा हुनुपर्छ, हामी अस्पताल सुधारका लागि अझै लाग्न आवश्यक छ, हाम्रो मिहिनेतअनुसार अंक कम प्राप्त भए पनि हामी निराश छैनौँ, अझै सुधार गर्नेछौँ ।’

जिल्ला अस्पतालमा नर्सिङ जनशक्तिको अभावका एचडियू तथा एनआइसियजस्ता सेवा प्रवाह गर्न नसकिएको जिल्ला अस्पताल डोटीको मेडिकल सुपरिटेन्डेन्ट नीराजन श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘चारजना नर्सिङ दरबन्दी छ, तीनजना अध्ययन बिदामा छन् । अहिले एकजना मात्रै हुनुहुन्छ, बिदा स्वीकृत गरेर हाम्रोमा दरबन्दी पठाएको छ, तलब यतैबाट खान्छन्, रेडर्कमा फुलफिल देखिन्छ, तर यहाँ जनशक्ति छैन ।’

ad
ad