मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ २३ सोमबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २३ सोमबार १६:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सञ्चार र न्यायालयमाथिको धम्की सह्य हुँदैन : नेता कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २३ सोमबार १६:३o:oo

कांग्रेस नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य नहुने बताएका छन्।

एमाले अध्यक्ष केपी ओलीले संसदमा न्यायालयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सञ्चार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्कीप्रति लक्षित गर्दै कांग्रेस नेता कोइरालाले भने, ‘स्वतन्त्र न्यायपालिका र सञ्चार क्षेत्र लोकतन्त्रका आधारस्तम्भ हुन्। यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्वीकार्य हुँदैन।’

कांग्रेस जिल्ला कार्यसमिति चितवनको अन्तर्क्रिया तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले आउने उपनिर्वाचनमा चितवन क्षेत्र नं.२ मा कांग्रेसले जसरी पनि जित्नुपर्ने बताए। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेलले देशको आर्थिक अवस्था भयावह रहेको बताए।