१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ माघ २२ आइतबार १५:३७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीमा पाँचवटा संसदीय समिति बन्ने, सभापतिको निर्वाचन माघ २५ मा

Read Time : < 1 मिनेट
२०७९ माघ २२ आइतबार १५:३७:००

बागमती प्रदेश सभामा विभिन्न पाँचवटा समिति बनाउने निर्णय भएको छ । प्रदेश सभा सचिवालयमा आइतबार बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

मन्त्री श्रेष्ठका अनुसार प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति बनाउने निर्णय भएको छ । बैठकले सोमबार संसदीय समितिहरू गठन गर्ने र माघ २५ मा समितिको सभापतिको निर्वाचन गर्ने निर्णय गरेको छ ।

यस्तै, सर्वदलीय बैठकले प्रदेश सभाको कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय पनि गरेको छ । प्रदेश सभामा १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिए । उनले प्रदेश सभामा दलहरूले प्राप्त गरेको सांसद संख्याको आधारमा समिति निर्माण गरिने बताए ।

मन्त्री श्रेष्ठका अनुसार समितिमा नेपाली कांग्रेसका चार, नेकपा एमालेका तीन, माओवादी केन्द्रका दुई र अन्य दलबाट एक–एक जना सदस्य रहने बैठकले निर्णय गरेको छ । समितिमा प्रदेशका सभामुख, उपसभामुख र आन्तरिक मामिला तथा कानुन मन्त्री पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

सर्वदलीय बैठकले संसदले स्वीकृत गरेको पाँचवटा अध्यादेशको प्रतिस्थापन विधेयक छिट्टै संसदमा ल्याउने र संसदलाई प्रदेश प्रमुखबाट सम्बोधनको कार्यक्रम तय गर्ने निर्णय पनि गरेको छ । गत माघ ३ गते मुख्यमन्त्री सालिकराम जम्कट्टेलले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको बैठक आज बस्दै छ ।