१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल पहिलो  खेलमै पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:o९:oo

साफ यू–२० महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको छ । आयोजक बंगलादेशले शुक्रबार ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा नेपाललाई पूरा समय दबाबमा राखेको थियो । बंगलादेशको जितमा साहिदा रिपाले दुई गोल गरेकी थिइन् । अक्लिमा खातुनले नेपालको पोस्टमा एक गोल गर्न सफल भइन् । नेपालकी मनमाया दमाईंले एक गोल फर्काइन् । 

अर्को खेलमा भारतले भुटानलाई १२–० ले हराउँदै तीन अंक जोडेको छ । दोस्रो खेलमा नेपालले आइतबार भुटानको सामना गर्नेछ । खातुनले बंगलादेशलाई १–० को अग्रता दिलाइन् । उनले खेलको तेस्रो मिनेटमै गोल गरेकी हुन् ।

खेलको १३औँ मिनेटमा रिपाले २–० को अग्रता बनाइन् । मनमायाले २४औँ मिनेटमा गोल गर्दा खेल २–१ को अवस्थामा पुर्‍याइन् । खेलको अन्तिम इन्जुरी समयमा रिपाले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको सहज जित दिलाइन् ।  

ad
ad