Skip This
भालुको पित्त बिक्री गरिरहेको अवस्थामा एक व्यक्ति पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १७ मंगलबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ १७ मंगलबार १४:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भालुको पित्त बिक्री गरिरहेको अवस्थामा एक व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १७ मंगलबार १४:३५:oo

भालुको पित्त बिक्री गरिरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ। कस्तूरीको विना, भालुको पित्त बिक्री गरिरहेकाे अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–६ मंगलगढी चोकबाट एकजनालाई पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा जुम्ला जिल्ला तिला गाउँपालिका– ५ का ३६ वर्षीय मानबहादुर शाही रहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले जानकारी दिए। कस्तूरीको विना भनी बजारमा एक लालको सय रुपैयाँका दरले बिक्री गरिरहेको अवस्थामा उनी पक्राउ परेका हुन्।

शाहीको साथबाट एउटा डल्लो ४८.५९ मिलिग्राम कस्तूरीको पित्त लेखिएको भालुको पित्त बरामद भएको प्रहरीले जनाएको छ।