
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
नेपाली नागरिकताको मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै लामिछानेले सांसद र उपप्रधान एवं गृहमन्त्री पद गुमाएका थिए । सोसँगै गृह मन्त्रालय प्रधानमन्त्रीले सम्हालेका छन् ।
लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै रास्वपाले पुनः गृह मन्त्रालय दाबी गरिरहेको छ । तर, प्रचण्ड दोहोरो राहदानीको विवाद समाधानपछि मात्र निर्णय गर्नुपर्ने पक्षमा छन् ।