१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १६ सोमबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १६ सोमबार १५:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्र स्थायी समिति बैठक दुई दिनका लागि स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १६ सोमबार १५:१७:oo

सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि १७ माघका लागि सारिएको स्थायी समिति बैठक बैठक १८ गते बोलाउने निर्णय गरिएको हो।

पार्टीको संगठनसम्बन्धी होमवर्क नसकिएकाले भोलि पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सिका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए। 

माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो। त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो। 

पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि भोलि बोलाइएको स्थायी समिति बैठक पर्सिसम्मका लागि स्थगित गरिएको हो। बैठकमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको पनि उपाध्यक्ष महराले बताए।