Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ १२ बिहीबार ११:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य क्षेत्रमा ताप्लेजुङदेखि दार्चुलासम्म परिवर्तन आउँछ : मन्त्री गिरी

Read Time : < 1 मिनेट
२०७९ माघ १२ बिहीबार ११:३१:००

स्वास्थ्यमन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याको पहिचान गर्दै परिवर्तनको प्रत्याभूति दिलाउने बताएका छन् । कुश्मा बजारमा आयोजित सातौँ पर्वत महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘म अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरो गरी अध्ययन गर्दै छु । ती समस्या पहिचान गरेर जनतालाई भिन्नताको महसुस गराउने वाचा गर्छु ।’

उनले पर्वत जिल्लाका सातवटै स्थानीय तहमा आगामी पाँच वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा पनि गरे । ‘यहाँको जिल्ला अस्पतालमा अत्यावश्यक उपकरणहरूको कमी रहेछ । हामीले केही उपकरण अहिल्यै हस्तान्तरण गर्दै छौँ । आगामी पाँच वर्षभित्र सातवटै पालिकामा अस्पताल हुन्छन्, डाक्टर, नर्स र ल्याब हुनेछ । सानोतिनो शल्यक्रिया पनि हुन्छ । कोही पनि उपचार नपाएर मर्ने अवस्था रहँदैन,’ मन्त्री गिरीले भने, ‘फेरि स्वास्थ्यमन्त्रीले आफ्नो जिल्लाको मात्रै हेर्‍याे भन्ने पर्ला । तर, त्यस्तो होइन । ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनेछौँ ।’

प्रजातन्त्र प्राप्तिपछि मुलुकले पर्वत जिल्लाबाट प्रतिनिधित्व गर्ने पहिलो क्याबिनेट मन्त्री पाएको भन्दै उनले आफूलाई भोट हाल्ने सबै जनतालाई धन्यवाद दिए । 

स्वास्थ्यमन्त्री गिरीले संकटमा रहेको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउनुपर्ने अभिभारा अहिलेको सरकारसँग रहेको बताए ।