Skip This
३४ किलो चरेससहित धादिङबाट एकजना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ११ बुधबार
  • Saturday, 27 July, 2024
रासस धादिङ
२o७९ माघ ११ बुधबार १३:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३४ किलो चरेससहित धादिङबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
रासस, धादिङ
नयाँ पत्रिका
२o७९ माघ ११ बुधबार १३:o८:oo

धादिङको गल्छी गाउँपालिका– ८ बाट ३४ किलो पाँच सय ग्राम चरेससहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान धादिङ गजुरी गाउँपालिका– ८ किरानचोकका ३२ वर्षीय वीरबहादुर तामाङलाई पृथ्वी राजमार्गको सुत्केरीढुंगाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोटेश्वरबाट आएको प्रहरी टोलीले लुकाएर राखेको ठाउँबाट चरेस फेला पारेको र तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । गत सोमबार पनि धादिङको थाँक्रे गाउँपालिका– २ समटारबाट आठ किलो पाँच सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका– ८ की लक्ष्मी पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

माहदेवबेँसी–पालुङ भित्री सडकखण्डमा यात्रुबाहक बसमा जाँचको क्रममा नियन्त्रणमा परेका पुरीको धादिङ जिल्ला अदालतबाट १० दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए ।