Skip This
समानुपातिकतर्फ एकीकृत समाजवादीको सबैभन्दा बढी खर्च तर कटेन 'थ्रेसहोल्ड' 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ९ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ९ सोमबार १७:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समानुपातिकतर्फ एकीकृत समाजवादीको सबैभन्दा बढी खर्च तर कटेन 'थ्रेसहोल्ड' 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ९ सोमबार १७:२६:oo

निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले बुझाएको खर्च विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीमा सबैभन्दा धेरै खर्च नेकपा एकीकृत समाजवादीले गरेको देखिएको छ।

प्रतिनिधिसभामा २ करोड ८ लाख खर्च गर्न पाउने सीमा तोकिएको एकीकृत समाजवादीले १ करोड ९० लाख ८९ हजार ५ सय रुपैयाँ खर्च गरेको छ। यो खर्च कांग्रेस, एमाले, माओवादी र राप्रपाभन्दा बढी हो। एकीकृत समाजवादीपछि सबैभन्दा धेरै राप्रपाले खर्च गरेको छ। 

१०६ जना उम्मेदवार बन्दीसूचीमा राखेर १ करोड ८९ लाख खर्च गरेको राप्रपाले सामानुपातिकतर्फ ७ सिट प्राप्त गरेको थियो। त्यसपछि कांग्रेसले १ करोड ५५ लाख ३२ हजार ५७८ रुपैयाँ खर्च गरेको विवरण आयोगमा बुझाएको छ।

समानुपातिक मतमा पहिलो भएको एमालेले १ करोड ३३ लाख २६ हजार ६९३ रुपैयाँ खर्च गरेको विवरण छ। माओवादी केन्द्रले १ करोड ४ लाख ३४६ रुपैयाँ खर्च गरेको छ। कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४ सिट प्राप्त गरेको छ। 

तर, १०४ जनाको नाम बन्दसूचीमा राखेर झन्डै दुई करोड नजिक खर्च गरेको समाजवादीले तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा एउटा पनि उम्मेदवार निर्वाचित गराउन सकेन। थ्रेस होल्ड नकटाउँदा समाजवादीको समानुपातिकतर्फ राखेको ५० हजार रुपैयाँ जमानत जफत भएको छ। 

निर्वाचन कानुनअनुसार अन्तिम मतपरिणाम आएको ३५ दिनभित्र खर्च विवरण बुझाउने प्रावधानअनुसार भाग लिएका ४७ वटै दलले खर्च विवरण बुझाएको समानुपातिक निर्वाचनतर्फका प्रवक्ता गुरु वाग्लेले जानकारी दिए।