१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भारतको अटो एक्स्पोमा भएको व्यापारिक छलफलमा नाडाको सहभागिता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:२४:oo

भारतको दिल्ली ग्रेटर नोइडामा रहेको इन्डिया एक्स्पो मार्टमा आयोजित अटो ट्रेड डाइलगमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सहभागिता जनाएको छ । कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापाले नेपालको अटोमोबाइल क्षेत्रको चुनौती र समस्याका बारेमा तथा उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाल अटो मार्केट एन्ड पोलिसी ट्रेन्ड विषयमा प्रस्तुति दिएका हुन् । 

प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इन्डियन मेनुफ्याक्चरिङ एसोसिएसन (सियाम)ले पहिलोपटक छलफल कार्यक्रम राखेको जनाइएको छ । डाइलग कार्यक्रममा सिलोन मोटर ट्रेडर्स एसोसिएसनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोबाइल एसेम्ब्लर एन्ड मेनुफ्याक्चरिङ एसोसिएसनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफ्नो देशको अटोमोबाइल व्यवसायका चुनौतीबारे चर्चा गरेको जनाइएको छ ।

डाइलगको सेसन मोडरेटर सियामका स्ट्रयाटिजी ब्रान्ड एन्ड कम्युनिकेसन, इभी कमर्सियल भेहिकल्सका सिनियर भाइस प्रेसिडेन्ट भगवान् विन्डिगनाभीले गरेको उल्लेख छ । डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्यद्वय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठसमेतको उपस्थिति रहेको जनाइएको छ । 

त्यस्तै, सियामले पुस २८ मा सोही स्थानमा पहिलोपटक आयोजना गरेको इभी डिस्कसन कार्यक्रममा नाडाका तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रीय कार्यसमिति सदस्यद्वय आकाश गोल्छा तथा यमुना श्रेष्ठ सहभागी भएको जनाइएको छ । सियामले नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सो डाइलग र डिस्कसन कार्यक्रममा सहभागी भई आफनो धारणा राख्न आमन्त्रण गरेको थियो । 

भारतको १६औँ अटो एक्सपोमा नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले सो प्रदर्शनीको अवलोकन भ्रमण गरेको थियो । नाडाका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यसहित एक सय ५० भन्दा बढी सदस्यले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए । 

यसैक्रममा अटोमोटिभ कम्पोनेन्ट मेनुफ्याक्चर्स एसोसिएसन (एक्मा)ले पुस २७ देखि माघ १ सम्म दिल्लीको प्रगति मैदानमा आयोजना गरेको १६औँ अटो एक्सपो (कम्पोनेन्टमा) पनि नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलगायत नाडाका सदस्य कम्पनीले अवलोकन भ्रमण गरेको संस्थाले जनाएको छ । 
 

ad
ad