मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ ३ मंगलबार
  • Thursday, 18 September, 2025
सौरभ यादव राजविराज
२o७९ माघ ३ मंगलबार १७:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झन्डै डेढ लाख घुससहित इन्जिनियर पक्राउ

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ माघ ३ मंगलबार १७:४२:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो। निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा साहलाई पक्राउ गरेको प्रवक्ता भण्डारीले बताए।