Skip This
विदेशमा रहेका नेपालीका कानुनी समस्या समाधान गर्छु : प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २ सोमबार २o:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेशमा रहेका नेपालीका कानुनी समस्या समाधान गर्छु : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २ सोमबार २o:१८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

उनले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उठाएका मागहरू सम्बोधनका लागि आफ्नो तेस्रो कार्यकाल विदेशमा बस्ने बहुसंख्यक नेपालीको पक्षमा काम गर्ने बताए। 

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज गैरआवासीय संघका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले भने, ‘नेपालका कतिपय परम्परागत ऐन कानुन छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तपाईंलाई विश्वस्त पार्न चाहन्छु कि म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु।’

भेटमा प्रधानमन्त्री दाहालले नेपालमा विद्यमान कतिपय कानुनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबका दिनमा पनि कानुनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए। 

विदेशमा रहेका नेपालीले नेपाल र नेपालीको पहिचान विश्वमाझ पुर्याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै गैरआवासीय नेपालीप्रति प्रधानमन्त्री दाहालले आभार व्यक्त गरे। 

राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक रूपमा विश्वभर नेपाललाई चिनाउन नेपालीहरू थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरे। 

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघका तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो। 

सो अवसरमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरिआएको काम, नेपाल सरकारका तर्फबाट सम्बोधन भइआएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा संघका तर्फबाट धारणा राखे। 

संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको रु १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फन्ड’लाई अघि बढाउन देखापरेका कानुनी र व्यावहारिक कठिनाइबारे जानकारी गराउँदै ती कठिनाइलाई तत्काल सम्बोधन गर्न आग्रह गरे। 

विदेशमा रहेका बहुसंख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, विदेशमा कामका सिलसिलामा अंगभंग भएका नेपालीलाई स्वदेश फिर्ता गर्नाका साथै उनीहरूका परिवारलाई आर्थिक सहायतासहित पुनः एकीकरणलगायतका विषयमा नेपाल सरकारले पहल कदमी लिनुपर्ने लगायतका माग अध्यक्ष केसीले संघका तर्फबाट रारेका थिए। 

संघका अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न अनुरोध गरे। 

भेटका अवसरमा पूर्वअध्यक्ष, भवन भट्ट, संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका उपाध्यक्ष आरके शर्मा, सचिव खगेन्द्र न्यौपाने, महिला सचिव राधिका गुरुङ, सहकोषाध्यक्ष नारायण सुवेदी, युवा संयोजक अब्दुल बसिद, संघका पूर्वसल्लाहकार टिबी कार्की, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई, एनसिसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, आजीवन सदस्य (युएसए) नारायण थापालगायतको उपस्थिति थियो।