१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ माघ २ सोमबार १३:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पा अस्पतालको भवन निर्माण अन्तिम चरणमा

Read Time : < 1 मिनेट
२०७९ माघ २ सोमबार १३:१३:००

डोल्पा जिल्ला अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । खानी क्याराभान बुद्ध हिमाली जेभी कन्स्ट्रक्सनले निर्माण गरिरहेको अस्पताल भवनको ८० प्रतिशत काम सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालयको भ्याटसहित २३ करोड लागतमा बन्न लागेको उक्त भवनको २० प्रतिशत मात्र काम बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि यज्ञ बुढाले जानकारी दिए । दुई तला भएको सुविधासम्पन्न अस्पताल भवन निर्माणका लागि ०७८ साउनमा सम्झौता भए पनि काम भने माघमा सुरु भएको थियो ।

भवन निर्माण कार्य तीव्र गतिमा भइरहेकाले यसै आर्थिक वर्षभित्र सम्पन्न गरेर अस्पताललाई हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । सम्झौताअनुरूप तीन वर्षभित्र काम सक्नुपर्ने भए पनि एक वर्षअघि नै काम सम्पन्न गर्ने लक्ष्य रहेको प्राविधिक आसकुमार राईले बताए ।

बिजुलीबत्ती र पानीको समस्याले भने काममा समस्या भएको निर्माण कम्पनीले जनाएको छ । १५ शय्या भएको जिल्ला अस्पताल अहिले पुरानो भवनबाट सञ्चालन भइरहेको छ ।