१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कुकुर पाल्नुअघि यी कुरामा ध्यान दिनुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:३५:oo

पछिल्लो समय कुकुर पाल्ने सहरिया जमात बढ्दो छ । तर, कतिपयले कुन जातको कुकुर पाल्ने भन्ने कुराको ज्ञान नलिई कुकुर पाल्न थाल्छन् । सानोमा कुकुर राम्रो लागे पनि ठूलो हुँदै गएपछि स्याहार गर्न सक्दैनन् र बाटोमा लगेर छाडिदिने गर्छन् ।

यस्तो हुँदा कुकुरले धेरै दुःख पाउँछ र कतिपय अवस्थामा भोकै त कतिपय अवस्थामा दुर्घटनामा परेर ज्यान गुमाइरहेका हुन्छन् । तपाईंले कुकुरको आवश्यक स्याहार गर्न सक्नुहुन्छ भने पाल्दा हुन्छ ।

तर, केही समय पालेर सडकमा लगेर छाड्नु कुकुर र समाजका लागि पनि राम्रो हुँदैन । त्यसैले कुकुर पाल्नुअघि त्यसलाई आवश्यक वातावरण दिन सकिन्छ कि सकिँदैन भनेर तपाईंले सोच्नुपर्छ । 

- तपाईंसँग सानो ठाउँ छ भने सानो जातका कुकुर पाल्दा हुन्छ । सानो स्पेस ठूलो ब्रिडका कुकुरका लागि पर्याप्त हुँदैन । 

- सन्तुलित आहार तथा उमेरअनुसार भिटामिन र क्याल्सियमको मात्रा मिलाएर दिनुपर्छ । कुकुरको शरीर वृद्धिविकासका लागि हाइजेनिक खानेकुरा दिनुपर्छ ।

- कुकुर बेच्नेले पनि किन्ने मान्छेको घरमा कति ठाउँ छ र त्यो ठाउँ कुन जातको कुकुरलाई ठीक हुन्छ, सोधेर मात्रै बेच्नुपर्छ । 

- डोय ब्रिड भन्नाले साना जातका कुकुर भनेर बुझिन्छ । यी जातका कुकुरलाई ‘रुम’ भए पुग्छ । रुमकै स्पेस भए पनि पुग्छ । तर, लार्ज ब्रिड (ठूला जातका कुकुर) पाल्न कम्तीमा ४–५ आना भएको जमिन आवश्यक पर्छ । उसलाई खेल्न र हुर्कन कम्तीमा यति ठाउँ आवश्यक पर्छ । 

- कतिपयले कौसीमा कुकुर पालेका देख्छौँ । कौसीमा कुकुर पाल्नु राम्रो होइन । यसका थुप्रै कारण छन् । कौसीमा विभिन्न कारणले स्वास्थ्यमा समस्या आउँछ । चराहरूले विभिन्न पोइजनस खानेकुरा ल्याउँछन् । त्यो खायो भने रोग लाग्न सक्छ । त्यसैले कौसी कुकुरका लागि राम्रो होइन । 

ad
ad