१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रुरु क्षेत्र रिडीमा हरेक वर्ष माघे संक्रान्तिमा मेला लाग्ने गरेको छ । फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o७:५३:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

उत्साह र एकताको पर्व माघे संक्रान्ति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:५३:oo

नेपालका सबै हिन्दू समुदायले यस पर्वलाई मनाउने गरेका छन् । तर, मनाउने पद्धति फरक छ । जस्तो, थारूले माघी भनेर मनाउँछन् । मगरले नयाँ वर्षका रूपमा लिन्छन् । किराँतले यले संवत् भनेर मनाउँछन् । तर, सबैले स्नान गरेर चोखो हुने, भगवान्को उपासना गर्ने, घ्यु, चाकु, कन्दमूल, कालो मासको खिचडीलगायत तागत दिने खानेकुरा खाने र चेलिबेटी तथा अग्रजहरूलाई दानदक्षिणा गर्ने गर्छन् ।

प्रा.डा. जगमान गुरुङ, संस्कृतिविद्

ज्योतिषशास्त्रअनुसार मकर संक्रान्तिदेखि सूर्यको उत्तरायण गति सुरु हुन्छ । उत्तरायण भनेको उध्र्व गति हो । पृथ्वीको उत्तरी गोलार्द्धमा सूर्यको किरण सोझो पर्न थाल्छ । रात छोटो हुँदै र दिन लम्बिँदै जान्छ । घामको किरण पर्न थालेपछि कक्रिएर बसेका वनस्पतिहरू पनि बिस्तारै खुल्दै जान्छन् । दिन घमाइलो हुन्छ । त्यही कारण यस पर्वलाई उत्साहको पर्वका रूपमा मनाइने गरिन्छ । 

नेपालका सबै हिन्दू समुदायले यस पर्वलाई मनाउने गरेका छन् । तर, मनाउने पद्धति फरक छ । जस्तो, थारूले माघी भनेर मनाउँछन् । मगरले नयाँ वर्षका रूपमा लिन्छन् । किराँतले यले संवत् भनेर मनाउँछन् । तर, सबैले स्नान गरेर चोखो हुने, भगवान्को उपासना गर्ने, घ्यु, चाकु, कन्दमूल, कालो मासको खिचडीलगायत तागत दिने खानेकुरा खाने र चेलिबेटी तथा अग्रजहरूलाई दानदक्षिणा गर्ने गर्छन् । सक्ने अवस्था भए स्नानका लागि तीर्थस्थल जानु, नभए घरमै स्नान गर्नु राम्रो मानिन्छ । 

भूगोल र जातअनुसार मनाउने पद्धति भने केही फरक छ । जस्तो, पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल कालिगण्डकीस्थित रिडीमा संक्रान्तिदेखि लगातार तीन दिनसम्म स्नान गरिन्छ । देवघाट र बराह क्षेत्रमा एक दिन स्नान गरिन्छ । लमजुङका गुरुङ युवायुवती यस दिन आफ्ना अग्रजहरूको संरक्षकत्वमा पोखराको सेतीस्थित रामघाटमा तीर्थ स्नानका लागि जान्छन् ।

त्यहाँ माइतीले चेलीको गोडा धोइसकेपछि ढुंगेसाँघुको मेलामा जान्छन् । त्यसपछि पार्दीको बाँध हेर्छन् र डुंगा चढेर फेवातालको विन्द्यवासिनी मन्दिर दर्शन गर्छन् । लिच्छवीकालदेखि चलिआएको गोरु जुधाउने चलन अझै पनि नुवाकोटमा निरन्तर छ । सारमा, माघी मौसमी पर्व हो । उत्साहको पर्व हो । यसले नेपालका सबै जातजातिलाई सांस्कृतिक एकताको सूत्रमा बाँध्ने कामसमेत गरेको छ । 

किन खाने घिउ, चाकु, तरुल र पिँडालु ? 

जाडो महिनामा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढाउन सहयोग गर्छ । तिलको लड्डुमा क्याल्सियमको मात्रा पाइन्छ । जसले गर्दा स्वास्थ्यका लागि पनि फाइदा हुन्छ । यसमा दूधको जत्तिकै क्याल्सियम हुन्छ । यसले चिसोका कारण शरीरमा लाग्ने रोगसँग लड्ने क्षमताको विकास गर्न सहयोग गर्छ ।

आस्था कार्की पोषणविद्, मिताहार डाइट क्लिनिक

माघे संक्रान्तिमा विशेष गरी तिलको लड्डु, घिउ, चाकु, खिचडी र कन्दमूल खाने चलन छ । जाडो महिनामा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढाउन सहयोग गर्छ । तिलको लड्डुमा क्याल्सियमको मात्रा पाइन्छ । जसले गर्दा स्वास्थ्यका लागि पनि फाइदा हुन्छ । यसमा दूधको जत्तिकै क्याल्सियम हुन्छ । यसले चिसोका कारण शरीरमा लाग्ने रोगसँग लड्ने क्षमताको विकास गर्न सहयोग गर्छ ।

त्यसैले स्वास्थ्यका दृष्टिकोणबाट यसको विशेष फाइदा छ । घिउ, चाकु तथा सख्खरको मात्रा मिलाएर खायो भने शरीरलाई शक्ति प्रदान गर्छ । घिउले शरीरलाई आवश्यक पर्ने चिल्लो पदार्थ प्रवाह गर्ने र शरीरलाई बलियो बनाउने काम गर्छ । 

सख्खर चिनीबाट मात्रै नभएर विभिन्न तत्वबाट बनाइने हुँदा खनिज पदार्थको रूपमा समेत काम गर्छ । माघे संक्रान्तिमा घरतरुल, वनतरुल, पिँडालु, सिमल तरुल, स्कुसको जरा, सख्खरखण्ड आदि पनि खाइन्छ । तरुलमा भिटामिन सी र पोटासियम पाइन्छ । पिँडालुमा भिटामिन सी पाइन्छ, साथै फाइभर पनि पर्याप्त मात्रामा पाइन्छ । सख्खरखण्डमा प्रशस्त मात्रामा भिटामिन ए पाइन्छ । यसले आँखालाई तेजिलो बनाउन पनि मद्दत गर्छ । अर्काे, शारीरिक विकासमा पनि सहयोग गर्छ । रोगसँग लड्ने अत्यधिक क्षमता विकास गर्छ । 

ad
ad