१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाको सत्यतथ्य छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:५o:oo

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका महिला अधिकारकर्मीसँग भेट गरेका छन्। शनिबार माइतीघर मण्डला पुगेर गृहमन्त्री लामिछानेले निर्मला कुर्मीको घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै आएका अधिकारकर्मीहरूसँग भेट गरेका हुन्।

अधिकारकर्मीसँगको भेटमा लामिछानेले निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता जनाए। उनले यसअघिका सरकारले पटक-पटक प्रतिबद्धता जनाए पनि उक्त घटनाको छानबिन हुन नसकेको उल्लेख गर्दै आफूले न्याय दिने कुरामा विश्वस्त रहन आग्रह गरे।

गृहमन्त्री लामिछानेले छानबिनका क्रममा कुनै कैफियत देखिए आफू राजीनामा दिनुपरे पनि तयार रहेको स्पष्ट पारे। ‘मलाई एकपटक राम्रोसँग काम गर्न दिनुहोला। अघिल्लो अनुसन्धानमा बिग्रिएका विषयहरूलाई सच्याउने मौका दिनुहोला, जे गर्नुपर्छ तपाईंहरूले भन्नुभएको कुरामा हामी क्रमबद्ध रूपमा जाउँला। पीडित महिलाबाट आएको विषयलाई नै आधार र प्रमाण बनाएर अनुसन्धान थाल्छु, मलाई समय र साथ दिनुहोस्,’ उनले भने।

बाँकेकी निर्मला कुर्मी र नकुन्नी धोबीलाई न्याय नदिएको अधिकारकर्मीहरूको आरोप छ। अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले चारबुँदे मागसहित धर्ना दिइरहेका छन्। निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने अधिकारकर्मीहरूको माग छ।

ad
ad