Skip This
यातायात कार्यालयका शाखा अधिकृतको एक करोड अकुत सम्पत्ति, अदालतमा मुद्दा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ पौष २९ शुक्रबार १५:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यातायात कार्यालयका शाखा अधिकृतको एक करोड अकुत सम्पत्ति, अदालतमा मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार १५:o९:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चाबहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

पोखरेलले एक करोड ६ लाख ३३ हजार अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगले सो रकमबराबरको बिगो कायम गरी स्रोत नखुलेको रकम उनकी श्रीमती विमला न्यौपाने पोखरेलको नाममा कायम रहेका सम्पत्तिबाट जफत–असुल गर्न मागदाबी गरेको छ।