Skip This
बाइक सर्भिसिङ गर्दा...
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २७ बिहीबार १o:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १o:२३:oo

बाइक सर्भिसिङ गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा मोबिल परिवर्तन हो । सामान्यतया एक हजारदेखि १२ सय किलोमिटरसम्म गुडिसकेपछि मोबिल फेर्नुपर्छ । लामो समयसम्म मोबिल नफेर्दा इन्जिनमा समस्या आउन सक्छ । गुणस्तरीय मोबिल छनोट गरेर हाल्नुपर्छ । 

पप्पु खान, पप्पु मोटरसाइकल वर्कसप भक्तपुर 

एयर फिल्टर तथा कार्बोरेटर जाँच : बाइक सर्भिसिङ गर्दा एयर फिल्टर जाँच गर्नुपर्छ । कडाखाले र फोम गरी दुई प्रकारका एयर फिल्टर हुन्छ । कडाखाले एयर फिल्टरलाई सर्भिसिङ गर्दा परिवर्तन गर्नुपर्छ । फोम एयर फिल्टरलाई सफा गर्न सकिन्छ । तर, धेरै फोहोर भइसकेको छ भने यसलाई पनि परिवर्तन गर्नुपर्छ । ताकि, इन्जिनले राम्रोसँग काम गर्न सकोस् । यसैगरी, सर्भिसिङका क्रममा कार्बोरेटर पनि जाँच गरिन्छ । कार्बोरेटरले इन्जिनलाई आवश्यकताअनुसार हावा र इन्धन पुर्‍याउने काम गर्छ । मोटरसाइकल कुद्नका लागि यसले इन्जिनलाई शक्ति दिन्छ । 

ब्रेक जाँच : ब्रेकको जाँचमा ध्यान दिन जरुरी छ । डिस्क ब्रेकवाला मोटरसाइकल छ भने ब्रेक आयल पनि चेक गर्नुपर्छ । यस्तो हुँदा ब्रेक नलाग्ने समस्या आउँदैन । 

चेन सफा : इन्जिनको पावरलाई पछाडिको पांग्रासम्म पुर्‍याउने काम चेनले गर्छ । त्यसैले यसलाई सफा राख्नुपर्छ । सफा गरेपछि यसमा हल्का ग्रिज लगाउनुपर्छ, ताकि यो चाँडै बिग्रने खतरा नहोस् । 

एयर प्रेसर जाँच : टायरको एयर प्रेसर जाँच गर्नुपर्छ । हावा कम वा धेरै हुँदा पनि बाइकको माइलेजमा असर गर्छ । एयर प्रेसरलाई समय–समयमा जाँच गरिराख्नुपर्छ । 

फ्युल पाइप चेक गर्ने : सर्भिसिङका क्रममा फ्युल पाइप पनि चेक गरिन्छ । फ्युल पाइप जाम भएको वा प्वाल परेको भए फेर्नुपर्छ । फ्युल लाइनमा अवरोध हुँदा इन्धन चुहिने, इन्धन सर्कुलरमा असर पुगेर स्टार्ट नहुने, बीचबीचमा बाइक बन्द हुनेलगायत समस्या देखिन्छन् । 

ad
ad