१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संसद् विघटनबारे प्रधानमन्त्री भन्छन्– संविधान रक्षाका लागि प्रतिबद्ध छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:४५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षाका निम्ति अन्तिम समयसम्म प्रयास गरिरहने प्रतिबद्धता गरेका छन्। मंगलबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले अध्यक्ष केपी ओलीले संसद् विघटन गलत नभएको बताएका विषयमा आपत्ति जनाउँदै संविधान रक्षाको चुनौती देखिएको बताएका थिए। प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्तागठबन्धन संविधान कार्यान्वय र विकासका मुद्दाका आधारमा बनेको भन्दै संसद विघटन गलत भन्ने धारणा नबनाएको भाव व्यक्त गरे।

‘हिजो सदन विघटन गर्नु सही थियो–थिएन, अहिले यो सत्तासाझेदार दलको विषय होइन।  हामीले जतिवेला संविधानसभाबाट संविधान बनाउँदै थियौँ, हामी सबैले विगतका विघटनका अनुभव र त्यसले के–कस्तो भयो भन्ने कुराको समीक्षा गरेकै हौँ। र आउने दिनमा सदनलाई सर्वोपरि बनाउने कुरामा हामी सबैको सहमति थियो नै,’ उनले भने।

संविधान परिमार्जन भएको अवस्थामा बाहेक आफू यसैका मर्म र भावनामा प्रतिबद्ध रहने पनि प्रधानमन्त्री प्रचण्डले प्रस्ट पारेका छन्।

ad
ad