१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
एजेन्सी लन्डन
२o८१ बैशाख २३ आइतबार o७:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

बेलायतमा ह्यारीको आत्मवृत्तान्त ‘स्पेयर’को आलोचना

Read Time : > 1 मिनेट
एजेन्सी, लन्डन
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:३२:oo

बेलायतका राजकुमार ह्यारीको प्रकाशोन्मुख आत्मवृत्तान्त ‘स्पेयर’लाई बेलायती सञ्चारमाध्यम एवं टिप्पणीकारले ‘प्रतिशोधपूर्ण’ र ‘योजनाबद्ध’ भएको टिप्पणी गरेका छन् । भर्खरै स्पेनिस संस्करणमा प्रकाशित उक्त आत्मवृत्तान्तमा उल्लिखित सनसनीपूर्ण दाबी र आरोप सञ्चारमाध्यममा चुहावट भएसँगै त्यसको आलोचना पनि सुरु हुन थालेको छ । पुस्तकमा व्यापक रूपमा चुहावट भएका सामग्रीबारे बकिंघम प्यालेस भने मौन छ ।

पुस्तकमा बेलायती राजसिंहासनका उत्तराधिकारी राजकुमार विलियमले सन् २०१९ मा ह्यारीमाथि आक्रमण गरेकोदेखि कौमार्य गुमाएको, लागुऔषध सेवन गरेको र अफगानिस्तानमा २५ तालिबान मारेकोलगायत विषय खुलासा गरिएका छन् । ‘शाही परिवारसँग आफ्नो दरारबारे सार्वजनिक रूपमा जाने मूर्खतापूर्ण निर्णय गरेका ह्यारी निःसन्देह सकेसम्म धेरै विष वमन गर्न ठूलो दबाबमा थिए,’ शाही परिवारमाथि पुस्तक लेखेका प्रसिद्ध लेखक ए.एन विल्सनले डेली मेलसँग भनेका छन्, ‘तर यसले उनलाई नै नंग्याएको छ । यसले हामीलाई उनीप्रति होइन, बरु शाही परिवारप्रति सहानुभूति देखाउन प्रेरित गर्छ ।’

पुस्तक ह्यारी र उनकी अमेरिकी पत्नी मेघन शाही कर्तव्यबाट विमुख भएर सन् २०२० बाट क्यालिफोर्नियामा बस्न थालेपछिको शत्रुतापूर्ण मनस्थितिको विस्फोट भएको बताइएको छ । पुस्तकमा ब्रिटिस राजपरिवारसँग सम्बन्धित गुनासा र कटुता समावेश छन् । मंगलबार आधिकारिक रूपमा प्रकाशित हुनुअगावै स्पेयरको स्पेनी संस्करण सार्वजनिक भएको थियो ।

बाल्यकालमा आफ्नी आमा गुमाएका र जनताको नजरमा शोकको पीडामा बाँचेका ३८ वर्षीय ह्यारीप्रति मानिसहरूले सहानुभूति जनाउने तर केही लाख डलरका लागि आफ्नै परिवारलाई छाडेर उनले रोजेको विनाशकारी र प्रतिशोधपूर्ण बाटोलाई न्याय गर्न नसकिने बेलायती पत्रिका दि सनले टिप्पणी गरेको छ ।

एक सम्पादकीय लेखेर पत्रिकाले ह्यारीको दाबीमा ‘अनगिन्ती विसंगति’ औँल्याएको छ भने उनलाई ‘आफ्नो भलाइका लागि रोकिन’ आग्रह गर्ने साथीहरूको कुरा सुन्न अनुरोध गरेको छ । अफगानिस्तानमा सैन्य सेवामा हुँदा २५ व्यक्तिलाई मारेको भन्ने ह्यारीको दाबीको पनि बेलायती सञ्चारमाध्यमले आलोचना गरेका छन् । विज्ञहरूले त्यस्ता बयानलाई जोखिमपूर्ण र अनुपयुक्त भनेका छन् ।
 

ad
ad