१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पुराना वामपन्थी नेता भन्छन् - वाम एकता आजको आश्यकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o२:oo

लामो समय कम्युनिष्ट आन्दोलनमा त्याग र योगदान गरेका वामपन्थी नेताहरुले वाम एकता गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार वरिष्ठ वामनेता केशरमणि पोखरेल र हर्ष स्यांग्वोको स्मृतिमा आयोजित शोकसभामा पुराना वाम नेताहरुले वाम एकतामा जोड दिएका हुन् ।

नेताहरुले कम्युनिष्टहरु उपभोक्तावादको शिकार भएको उल्लेख गरे । कम्युनिष्ट पार्टीभित्र गुठबन्दी सबैभन्दा ठूलो रोग भएको नेता मोदनाथ प्रश्रितले बताए । उनले कम्युनिष्टहरुको खुट्टा तानातान प्रवृत्ति र एकले अर्कालाई खेद्ने प्रवृत्तिले आफूलाई कम्युनिष्ट भन्न पनि लाज लागेको उल्लेख गरे । उनले आजसम्म जेजे भएपनि अवका दिनमा सबै कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउनु विकल्प नभएको बताए ।

त्यस्तै माओवादी सचिव दिनानाथ शर्माले पनि वाम एकता आजको आवश्यकता भएको बताए । उनले कम्युनिष्टहरुले २१ औँ शताब्दिको समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्नको लागि कम्युनिष्टभित्रका उपभोक्तावादको भाइरसविरुद्ध लड्नु आजको आवश्यकता भएको उल्लेख गरे ।

कार्यक्रममा हिरण्यलाल श्रेष्ठ, एकराज भण्डारी, नेत्र पन्थी,लोकनारायण सुवेदी,पवनमान श्रेष्ठ, गोपिरमण उपाध्याय,लोककृष्ण भट्टराई,आरबी भण्डारी लगायतले जसरी पनि वाम एकता हुनुको विकल्प नभएको उल्लेख गरे । 
 

ad
ad