१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

२५ पुसदेखि ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:१८:oo

दुई दिन बैंकिङ कारोबार बन्द

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि २५ पुसबाट ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुने भएको छ । बैंकको मर्जरपश्चात् एकीकृत वित्तीय कारोबार सुरु गर्न डेटा माइग्रेसनका लागि शनिबार र आइतबार सम्पूर्ण बैंकिङ सेवाहरू बन्द गरिएको बैंकले जनाएको छ । तर, सो अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेन्टमार्फत हुने रेमिट्यान्स सेवा भने सञ्चालनमा रहनेछ ।

मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कुल निक्षेप ४०८ अर्ब, कुल कर्जा ३७६ अर्बभन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ । 

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँचजना र बैंक अफ काठमाण्डूको तर्फबाट दुईजना रहनेछन् । त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् । 

२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बैंक लिमिटेडमा पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स समाहित भएका छन् । दुई बैंकको मर्जरपश्चात् कुल तीन सय ६५ शाखा कार्यालय, तीन सय ६७ एटिएम, दुई सय ८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहक हुने बैंकले जनाएको छ ।   

ad
ad