Skip This
अर्जेन्टिनामा ट्याटु मोह 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
ब्युनर्स आयर्स
२o८१ बैशाख २६ बुधबार o९:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अर्जेन्टिनामा ट्याटु मोह 

Read Time : > 1 मिनेट
ब्युनर्स आयर्स
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:o८:oo

३० वर्षमुनिका युवाले विश्वकप जितेको क्षण सम्झनाका लागि ट्याटु खोपिरहेका छन्

तेस्रोपटक विश्व च्याम्पियन भएपछि अर्जेन्टिनामा ट्याटु खोपाउनेको संख्या ह्वात्तै बढेको छ । मध्यपूर्वी एसियाली मुलुक कतारमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको थियो । अर्जेन्टिनालाई तेस्रोपटक विश्व च्याम्पियन बनाउन लियोनल मेसीले फाइनलसम्म उत्कृष्ट प्रदर्शन गरेका थिए । अहिले अर्जेन्टिनी जनताले विश्वकपको सधैँभरि सम्झनाका लागि ट्याटु खोपाइरहेका छन् । ट्याटु खोप्नेको माग बढेको विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । 

अर्जेन्टिनाका अधिकांश ट्याटु बनाउने व्यक्ति र पसलमा आर्टिस्टहरू ‘बुक’ भएका छन् । अर्जेन्टिनाको तीन तारा र मेसीले ट्रफी उचालेको ट्याटु खोप्नेको संख्या बढी छ । विशेषतः ट्याटु खोप्ने ३० वर्षमुनिका युवा छन् । दक्षिण अमेरिकी टोलीले सन् १९७८ र १९८६ मा दुईपटक विश्वकप उपाधि जित्दाको क्षण थाहा नहुनेले बढी खोपेको पाइएको छ । आर्थिक मन्दीबाट ग्रस्त अर्जेन्टिना विश्वकप उपाधि उचालेपछि विजय र्‍याली सकिएको छैन । युवाहरू ठूलो रकम खर्च गरेर ट्याटु खोपिरहेका छन् । अहिले अर्जेन्टिनामा १० व्यक्तिबीचको सर्वेक्षणमा चारजना गरिबीको रेखामा छन् । 

ब्युनर्स आयर्सको एक ट्याटु पसलको टेबलमा दुई घन्टा सुतेर उठेपछि सासा मार्टियरले आफ्नो सपना पूरा भएको बताए । उनले विश्वकपअघि नै यो सपना देखेका थिए । उनले ट्याटुमा ट्रफी र विजय मिति खोपेका छन् । ‘हाम्रो पुस्ताले यो पाएको छ,’ २६ वर्षीय मोर्टियरले भने, ‘हाम्रो राष्ट्र निकै कठिन अवस्थामा छ । तर, हामी यसमै रमाउन चाहन्छौँ ।’ ३६ वर्षअघि डिएगो म्याराडोनाले मेक्सिकोमा अर्जेन्टिनालाई च्याम्पियन बनाएका थिए । सो समय पनि अर्जेन्टिनी नागरिकमा यही किसिमको उत्साह थियो । कतारबाट फर्किएपछि सेवास्टियन फर्नान्डेजले पनि आफ्नो सपना पूरा गरेका छन् । फर्नान्डेजले ट्याटु सपमा पुगेर मेसीले ट्रफी उचालेर किस गरेको फोटोलाई ट्याटुमा परिणत गरेका छन् । 

‘यो चुम्बन गरिएको फोटो अर्जेन्टिना च्याम्पियन भएको हो र यो हाम्रो इतिहास पनि हो । मलाई यसमा गर्व छ,’ फर्नान्डेजले भनेका छन् । येयोका मालिक सेसार मोलिना अर्जेन्टिनाका एक प्रख्यात ट्याटु आर्टिस्ट हुन् । उनी विश्वकपपछि ट्याटु खोप्नेको माग बढिरहेको बताउँछन् । मोलिनाका अनुसार एक ट्याटु खोप्न अर्जेन्टिनी मूल्य तीन सय पर्छ । २० वर्षीय भ्यालेन्टिन बोबाडिलाले अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ्स जितेपछि खुसीयाली मनाएको ट्याटु बनाएका छन् । बोबाडिलाले सेलिब्रेसन ट्याटु कम्मरमाथि बनाएका छन् । 

ad
ad