१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २२ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २२ शुक्रबार १६:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनताले आभास गर्ने गरी न्यूनतम साझा कार्यक्रम बनेको छ : मुकुल ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २२ शुक्रबार १६:१७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले परिवर्तनको आभास हुने गरी न्यूनतम साझा कार्यक्रम आएको दाबी गरेका छन्। शुक्रबार सिंहदरबारमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकपछि उनले यस्तो बताएका हुन्।

‘यो सरकार जनतालाई केही दिने सरकार हो’ भन्ने महसुस गराउने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेको उनको दाबी छ। ‘जनतालाई अबचाहिँ केही हुन्छ भन्ने आभास हुने खालका कार्यक्रम आएका छन्। जनतालाई परिवर्तनको आभास दिलाउने सरकार हो भन्ने महसुस गराउने गरी न्यूनतम साझा कार्यक्रम आउने छन्,’ उनले भने।

ढकालका अनुसार आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको छ। उनले शनिबार शीर्ष नेताहरूको संयन्त्रमा सरकारका न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने बताए।