Skip This
अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला फागुनको पहिलो साता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १o:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला फागुनको पहिलो साता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १o:o५:oo

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको १६औँ संस्करण र छैटौँ प्रांगारिक कृषि मेला– २०७९ फागुन पहिलो साता हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोभिड महामारीका कारण तीन वर्षदेखि रोकिएकोमा यसपटक फागुन २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले देशभरका झन्डै ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने बताए । ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ र ‘मिहिनेत, सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको’ भन्ने नाराका साथ मेला आयोजना हुन लागेको उनको भनाइ थियो । 

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क राष्ट्र तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा दुई सयवटा स्टलको व्यवस्था हुने र दुई लाखभन्दा बढी अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने तथा सात करोड रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ । 

नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरूलाई समेत आकर्षित गर्न अर्गानिक उत्पादनलाई नेपाल सरकारले प्रोत्साहन गरिरहेको र यस्ता उत्पादन उपभोग गर्न उपभोक्तासमेत जागरुक रहेको परिप्रेक्ष्यमा अर्गानिक उत्पादनका बारेमा आमनागरिकलाई सचेतना गराउने र सहज रूपमा अर्गानिक उत्पादन उपलब्ध गराउन यस्ता उत्पादनको बिक्री–वितरणलाई सहयोग पुर्‍याउने अध्यक्ष सिंहले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सहआयोजकका रूपमा अर्गानिक एसोसिएसन अफ नेपाल, नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, सुदूरपश्चिम प्रदेश सरकार आदि रहने जनाइएको छ ।

ad
ad