Skip This
सात सचिव सरुवा, को कहाँ ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सात सचिव सरुवा, को कहाँ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:४६:oo

सरकारले सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, कानुन, उद्योग वाणिज्य, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरूको सरुवा गरेको हो। 

अर्थ मन्त्रालयका दुवै सचिवको सरुवा भएको छ। अर्थसचिव कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेर त्यहाँ वाणिज्य सचिव तोयम रायलाई ल्याइएको छ। 

रायलाई अर्थमा सरुवा गरेर खाली भएको स्थानमा प्रधानमन्त्री कार्यालयका सचिव मधु मरासिनीलाई लगिएको छ। त्यस्तै, राजस्व सचिव रामेश्वर दंगाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगेर त्यहाँ आयोगका सचिव रामप्रसाद घिमिरे ल्याइएको छ।

त्यस्तै, प्रधानमन्त्री कार्यालयका कानुनतर्फका सचिव धनराज ज्ञवालीलाई कानुन मन्त्रालय लगेर त्यहाँ कानुन सचिव उदयराज सापकोटा ल्याइएको छ।

ad
ad