मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २१ बिहीबार १५:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्म सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार १५:२२:oo

सत्तारूढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्ममा सक्ने भएको छ। न्यूनतम साझा कार्यक्रम निर्माणका लागि बनाइएको कार्यदलले शुक्रबारसम्ममा सम्पूर्ण काम सक्ने बताइएको छ।

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिए। उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको बताए। उनका अनुसार सो ड्राफ्टमा दफावार छलफल गरी शुक्रबारसम्म सबै काम सकिनेछ।

‘सरकारमा सहभागी हुने विभिन्न दलहरूको सुझावलाई संगठित गर्दै एउटा ड्राफ्ट हामीले तयार गरेका छौँ। ड्राफ्टलाई दफावार छलफल गर्दै त्यसलाई अन्तिम रूप दिन्छौँ र त्यसलाई हामी प्रस्तुत गर्छौँ,’ उनले भने। कार्यदलको बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेछ।