नेपाली सेनाका उपरथी प्रेम शाहीलाई तत्काल अनिवार्य अवकाशमा नपठाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा सन्देह देखिएको छ । उनलाई सेनाले बुधबारबाट लागू हुने गरी अनिवार्य अवकाशमा पठाउन १५ दिनअघि नै पत्र काटेको थियो ।
उमेरहदको कारण देखाउँदै सेनाले शाहीलाई २० पुसबाट लागू हुने गरी अनिवार्य अवकाशमा पठाउन लागेको हो । तर, सेवाबाट अवकाश हुन अझै वर्ष दिन बाँकी रहेको दाबी गर्दै सेनाको पत्रविरुद्ध शाही सर्वोच्च गएका थिए ।
उनको निवेदनविरुद्ध सर्वोच्चले २० पुसमा अवकाश दिने पत्र तत्काल कार्यान्वयन नगर्न आदेश गरेको थियो । अदालतको आदेशपत्र बोकेर मंगलबार जंगी अड्डा पुगेका शाहीलाई तत्कालै सैनिक हिरासतमा राखिएको हो ।
सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सर्वोच्चको आदेश र उपरथी शाहीलाई हिरासतमा राखिएको घटना फरक–फरक रहेको बताए । शाहीलाई आर्थिक अनियमितता आरोपमा हिरासतमा राखिएको उनले दाबी गरे ।
‘उपरथी शाहीलाई अहिले सैनिक पहराभित्रै रहन भनेका हौँ । विभिन्न पदमा रहेका वेला भएका आर्थिक अनियमितताको सम्बन्धमा अनुसन्धान गर्नुपर्ने भएको हुँदा उहाँलाई पक्राउ गरिएको हो । सर्वोच्च अदालतको आदेशसँग यसको कुनै सम्बन्ध छैन,’ उनले भने ।
सेनामा उपरथीको अवकाश उमेरहद ५७ वर्ष छ । सैनिक जंगी अड्डाका अनुसार उनी २० पुसमा ५७ वर्ष पुग्छन् । तर, नागरिकता प्रमाणपत्रमा उनको जन्ममिति २२ पुस ०२३ उल्लेख छ । यसअनुसार उनी अहिले ५५ वर्ष ११ महिना २८ दिनको मात्रै भएको देखिन्छ । यसलाई आधार मान्दा उनको अवकाश लिने अवधि अझै एक वर्ष दुई दिन बाँकी भएको देखिन्छ ।
उपरथी शाही सैनिक हिरासतमा
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
४ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
गृह मन्त्रालयका एक सय कर्मचारीको सरुवा
३ हप्ता अघि
सुझावित समाचार
सरकारले देशका आठ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने
काठमाडौं । सरकारले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ। पूर्वाधार विकासमन्त्र…
भोटेकोशी बाढीमा बेपत्ता ५८ जनाको विवरण प्रमाणीकरण गर्दै मकवानपुर प्रशासन
जिल्ला प्रशासन कार्यालय मकवानपुरले परिवारले अन्तिम संस्कार गरिसकेकासहित भोटेकोशी बाढीमा बेपत्ता भएका मकवानपुरका ५८ जनाको कानु…
सुशील भट्टमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
काठमाडौं/ लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको …
नर्सिङ होमको शड्ढया थपमा ३० लाखको सौदाबाजी प्रकरण : पूर्वमन्त्री र स्वकीय सचिवमाथि कारबाही सिफारिस
पोखरास्थित एक नर्सिङ होमको शड्ढया संख्या ५० बाट बढाएर १०० पुर्‍याउने अनुमति दिने विषयमा ३० लाख रुपैयाँको आर्थिक सौदाबाजी …
आइतबार १० बजेसम्मका प्रमुख १० खबर
मोटरबोट दुर्घटना अपडेटः तीनको मृत्यु, चार बेपत्ता, नौजना सकुशल सप्तकोशी नदीमा दुर्घटना भएको मोटरबोटमा १६ जना रहेको खुलेको…
बुधबारदेखि काठमाडौंमा नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक बस्दै
काठमाडौं/ सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबिच बुधबारदेखि काठमाडौंमा सीमा सुरक्षाबारे समन्वय बैठक बस्ने भएको छ। बैठकमा…