Skip This
सौगात मल्लसँग काम गर्न सहज लाग्छ : विजय बराल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १३:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

सौगात मल्लसँग काम गर्न सहज लाग्छ : विजय बराल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:३१:oo

रंगकर्मी तथा अभिनेता विजय बरालले आफूलाई सौगात मल्लसँग काम गर्न सहज लाग्ने बताएका छन्। आफूहरु दुवैको पृष्ठभूमि रंगमञ्च भएकाले पनि सौगातसँग आफूलाई खुल्न सहज भएको उनको बुझाइ छ। सौगातबारे विजयले नयाँ पत्रिकासँग यस्तो बताए:

‘अभिनेता सौगात मल्लसँग ‘कबड्डी कबड्डी’,‘माछा माछा’ र कबड्डी–४ मा काम गरेँ । उहाँलाई धेरैले अन्तर्मुखी स्वभावको मानिस मान्छन् । तर, मैले त उहाँलाई निकै मिलनसार पाएँ । उहाँबाट धेरै कुरा सिक्न पाएँ । हामी दुवैको पृष्ठभूमि रंगमञ्च भएकाले पनि उहाँसँग म खुल्न सकेको जस्तो लाग्छ । कलाकार बन्न चाहनेले उहाँबाट सिक्नुपर्ने कुराहरू धेरै छन् ।

उहाँको अभिनय उच्चकोटीको छ ।  तर, व्यक्तिगत जीवनमा पनि सरल र ‘डाउन टु अर्थ’ हुनुहुन्छ । कहिल्यै ठूलो पल्टिनु हुँदैन । काम गर्दा नयाँ मानिसहरूलाई उर्जा दिनुहुन्छ । अरुसँग पनि सरसल्लाह गरेर काम गर्ने बानी राम्रो छ । कुनै क्यारेक्टरमा कसरी छिर्ने भनेर सुटिङ स्पटमा पनि निरन्तर तयारी गरिरहनुहुन्छ ।’

ad
ad