१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

स्टिभ जब्सको संघर्ष : कोकका बोतल बेच्ने व्यक्ति एप्पलका सिइओ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:१५:oo

आज विश्वमा सर्वाधिक लोकप्रिय ब्रान्ड हो, एप्पल । एप्पलबारे ज–जसलाई थाहा छ, उसलाई स्टिभ जब्सबारे थाहा अवश्य नै होला । उनै जब्सबारे यहाँ संक्षेपमा चर्चा गरिएको छ ।

सुरुवाती जीवन : अमेरिकाको क्यालिफोर्नियामा जन्मिएका स्टिभ जब्सको जीवन निकै संघर्षपूर्ण रह्यो । उनकी आमा अविवाहिता कलेज छात्रा थिइन्, यसकारण उनलाई आफूसँग राख्न चाहन्नथिन् । यसकारण उनले स्टिभलाई लालनपालनका लागि अरू कसैलाई दिने विचार गरिन् । जसअनुसार पाल र कालराले स्टिभलाई काख (संरक्षण)मा लिए ।

पाल–कालरा मध्यमवर्गीय परिवारका थिए । धेरै पढेलेखेका दम्पती थिएनन् । पाल मेकानिक भएका कारणले स्टिभलाई इलेक्ट्रोनिक चिजबारे बताइरहन्थे । यस्तै, कालरा अकाउन्टेन्ट थिइन्, जसले स्टिभको पढाइमा सहयोग गर्थिन् । सन् १९७२ मा पढाइका लागि ओरगनको रिड कलेजमा भर्ना भए, स्टिभ । उक्त कलेज त्यहाँका महँगो नै मानिन्थ्यो । उनी पढाइमा राम्रै थिए । तर, मातापिताले पढाइको खर्च धान्न सक्दैनथे । पढाइ खर्च जुटाउने उनले कोकका बोतल बेचे ।

मन्दिरमा गएर निःशुल्क पाइने खाना खान्थे । होस्टेलको भाडा बचाउन साथीहरूको कोठामा भुइँमा सुत्थे । यति हुँदा पनि उनी कलेजको फिस तिर्न सक्दैनथे । आफ्ना मातापिताले कडा मिहिनेत गरेको देखेर कलेज छाड्ने र उनीहरूलाई सहयोग गर्ने विचार गरे । तर, यो कुरामा उनका मातापिता सहमत थिएनन् । यसकारण कलेज छोडेर क्रिएटिभ क्लास जान थाले । क्रिएटिभ क्लासमा स्टिभको रुचि बढ्दै गयो । क्लास जानुका साथसाथै अटारी नामक कम्पनीमा टेक्निसियनको काम गर्न थाले । 

एप्पल कम्पनीको सुरुवात :  सन् १९७६ मा २० वर्षे स्टिभले एप्पल कम्पनीको सुरुवात गरे । त्यतिवेला उनले स्कुलका साथीहरू मिलेर पिताको ग्यारेजमा अपरेटिङ सिस्टम मनिटस गरे । यसलाई बेच्न एप्पल कम्प्युटर निर्माण गर्न चाहन्थे । तर, पैसाको अभावले समस्या भइरहेको थियो । 

यो समस्यामा उनका साथी सहयोगी बनेर कम्पनीमा पार्टनर बने । र, यही टिमले एप्पल कम्प्युटर बनाउन सुरु गर्‍यो । स्टिभले आफूसँग काम गर्न पेप्सी, कोकाकोला कम्पनीका मुख्य व्यक्तिहरूलाई पनि सहभागी गराए । स्टिभ र उनका साथीहरूको कडा मिहिनेतले केही वर्षमै एप्पल ग्यारेजबाट दुई अर्ब डलर र चार हजार कर्मचारीसहितको कम्पनी बन्यो ।

आफ्नो पढाइ खर्च जुटाउन मातापिताले कडा मिहिनेत गरेको देखेपछि स्टिभले कलेज छाड्ने र उनीहरूलाई सहयोग गर्ने विचार गरे । तर, यो कुरामा उनका मातापिता सहमत थिएनन् । यसकारण कलेज छोडेर क्रिएटिभ क्लास जान थाले । 

 
राजीनामा :  एक खालको उपलब्धि त हासिल गरे, स्टिभले । तर, उनको यो उपलब्धि धेरै समयसम्म टिकेन । उनैका पार्टनरले उनलाई मन पराएनन् । यो कुरा एक कान दुई कान हुँदाहुँदै मैदान बन्यो । अन्ततः एप्पलको लोकप्रियता खुम्चिन थाल्यो । बिस्तारै–बिस्तारै कम्पनी पूर्णतया ऋणमा डुब्यो । बोर्ड अफ डाइरेक्टरको बैठकमा पूरै गल्ती स्टिभको देखाउँदै सन् १९८५ मा उनलाई एप्पल कम्पनीबाट निष्कासन गरियो । जुन कम्पनीमा उनको कडा मिहिनेत थियो, जुन कम्पनी उनकै लगावले बन्यो, उही कम्पनीले लात्ता हान्यो । यो नै उनको जिन्दगीको सबैभन्दा दुःखद क्षण थियो ।

स्टिभ त निकालिए । तर, कम्पनीले कुनै सुधार गर्न सकेन । झन्झन् ऋणमा डुब्दै गयो । एप्पलबाट राजीनामा दिएको पाँच वर्षपछि उनले नेट–लिंकको नामबाट पिक्सरका दुई कम्पनी सुरु गरे । नेट–लिंकमा प्रयोग हुने प्रविधि उच्चस्तरीय थियो । यसले एनिमेसन बनाउँथ्यो । स्टिभको काम पनि उत्कृष्ट सफ्टवेयर बनाउनु थियो ।

एक वर्षसम्म काम गरेपछि फेरि आर्थिक संकट आउन थाल्यो । त्यसपछि उनले रोस पेरोटसँग साझेदारी गरे भने प्यारोटले पैसा लगानी गरे । सन् १९९० मा नेक्स इंकले आफ्नो पहिलो कम्प्युटर बजारमा ल्यायो । तर, अत्यधिक महँगो मूल्यका कारण बजारमा चल्न सकेन । त्यसपछि सोही कम्पनीले पर्सनल कम्प्युटर बनायो । यो कम्प्युटर निकै लोकप्रिय बन्यो । अन्ततः पिक्सरले एनिमेटेड फिल्म ‘टय स्टोरी’ बनायो । उक्त फिल्मलाई अहिले पनि उत्कृष्ट मानिन्छ । 

एप्पलमा फिर्ती :  सन् १९९६ मा एप्पलले स्टिभको पिक्सर खदिर गर्‍यो । यसरी स्टिभ एप्पलमा फर्किए भने सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृत बने । सन् १९९७ मा उनकै मिहिनेतका कारण कम्पनीको नाफा बढ्यो । र, उनी एप्पलका सिइओसमेत बने । 

सन् १९९८ मा स्टिभले आइम्याक लन्च गरे, जुन सर्वाधिक लोकप्रिय बन्यो । त्यसपछि एप्पलले निकै ठूलो सफलता हात पार्‍यो । त्यसपछि क्रमशः आइप्याड, आइफोन, आइट्युन पनि लन्च गरे । सन् २०११ मा कार्यकारी प्रमुखको जिम्मेवारीबाट राजीनामा दिएर बोर्ड अध्यक्ष बने । कुनै वेला फिस तिर्न नसकेर कलेज छोड्नुपर्ने अवस्थामा पुगेका उनको सम्पत्ति त्यतिखेर सात अर्ब डलरको बन्यो । यसरी एप्पल विश्वको दोस्रो ठूलो कम्पनी बन्यो ।

मृत्यु :  सन् २००३ मा पित्तथैलीको क्यान्सर देखियो, स्टिभलाई । यद्यपि, बिरामी हुँदा पनि उनी दैनिक अफिस जान्थे । यसरी अफिस जानुमा एप्पल प्रयोगकर्तालाई थप उत्कृष्ट टेक्नोलोजी प्रदान गर्नु थियो । अन्ततः यही क्यान्सरले उनलाई यो संसारबाट टिपेर लग्यो । सन् २०११ अक्टोबर ५ मा क्यालिफोर्नियामा उनको निधन भयो ।  

ad
ad