१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विकट मानिएको बोगटान गाउँपालिकामा हेलिप्याड निर्माण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:२२:oo

जिल्लामा विकट मानिएको बोगटान फुड्सिल गाउँपालिकामा सदरमुकामपछिको पहिलो हेलिप्याड निर्माण भएको छ। बोगटान फुड्सिल गाउँपालिकासँगको समन्वयमा भैरवप्रसाद गण सिलगढी डोटीले हेलिप्याड निर्माण गरेको हो। 

प्राकृतिक विपत्, सुत्केरी महिलाको उद्धार तथा गम्भीर खालका बिरामीको आकस्मिक उद्धारलाई सहज बनाउने उद्देश्यले हेलिप्याड निर्माण गरिएको भैरवप्रसाद गण सिलगढीका गणपति जनमत कार्कीले बताए।

कार्कीले भने, ‘जिल्ला सदरमुकामदेखि विकट रहेको बोगटान गाउँपालिकामा बर्खायाममा सडकको सहज पहुँच हुँदैन। त्यसलै पनि हाम्रो गणले हेलिप्याड निमार्ण गरेको हो।’

भैरवप्रसाद गणको पाँच लाखको लगानीमा बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतारमा हेलिप्याड निर्माण भएको छ। सदरमुकामभन्दा बाहिर सबैभन्दा पहिला बोगटानमा हेलिप्याड निर्माण गर्नु खुसीको कुरा भएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए। 

गड्सिलाले भने, ‘प्राकृतिक विपतकाे  समय उद्धारमा साह्रै कठिनाइ भोग्नुपरेको थियो। हेलिप्याड निर्माण भएपछि अब त्यो समस्या रहन्न।’

नेपाली सेना र बोगटान फुड्सिल गाउँपालिकाकाे समन्वयमा मिति तय गरी उद्घाटन गर्ने तयारी भइरहेको भैरवप्रसाद गणले जानकारी दियो। 
 

ad
ad