१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार २o:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारप्रति झलनाथको कटाक्ष- ‘प्रतिगमनकारी’को खुट्टाले टेकेकाे वामपन्थी नेतृत्व 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २o:१३:oo

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्तागठबन्धनलाई खिचडीको संज्ञा दिएका छन्। 

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले एकीकृत समाजवादी अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा आफ्नो धारणा राख्ने बताए। 

उनले नेकपा एमालेप्रति लक्षित गर्दै अहिलेको सरकार वामपन्थीहरूको नेतृत्व भए पनि खुट्टा अर्कैले टेकेको र प्रतिगमनकारी, पुनःउत्थानवादीहरू सामेल रहेको आराेप लगाए। उनले आफ्नो पार्टी सधैँ वामपन्थी एकताको पक्षमा रहेको जिकिर गरे। 

उनले भने, ‘वर्तमान परिस्थितिको बारेमा गहन छलफल गरेका छौँ। यो नयाँ गठबन्धन आएको छ, यो यसो हेर्दा खिचडीजस्तो छ। वामपन्थीहरूको नेतृत्व छ तर तल खुट्टा टेकेको अर्कै खालका मान्छेहरू छन्। प्रतिगमनकारी, पुनः उत्थानवादी, केके हुन् त्यस्ता छन्। उसका के नीति, के कार्यक्रम हुन्छन् थाहा छैन। झ्याप्पै भनिहाल्नुपर्ने कुरा हुँदैन। उनीहरूले कार्यक्रम नल्याईकन पर्ख र हेरको अवस्थामा हुनेछौँ।’ 

ad
ad