Skip This
आहा-रारा गोल्ड कप : धरानलाई हराउँदै एपिएफ अन्तिम चारमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १८:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आहा-रारा गोल्ड कप : धरानलाई हराउँदै एपिएफ अन्तिम चारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:२७:oo

डिफेन्डिङ च्याम्पियन विभागीय सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब पोखरामा जारी २२औँ संस्करणको आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ।

शनिबार सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा धरान फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपिएफले सेमिफाइनलमा आफनो स्थान बनाएको हो।

यो जितसँगै फाइनल प्रवेशका लागि एपिएफले अर्को विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको खेल (१८ गते)को विजेतासँग २० गते भिड्नेछ। प्रतियोगितामा दुई टोलीको यो तेस्रो भेट हो।

यसअघि ०६२ सालमा सम्पन्न चौथो संस्कणमा एपिएफले धरानलाई पराजित गरेको थियो भने ०७३ सालमा सम्पन्न १५ औँ संस्करणमा धरानले एपिएफलाई पराजित गरेको थियो।

जितका लागि एपिएफले खेलको पहिलो हापमा गरेको दुई गोल नै निर्णायक बन्यो। एपिएफको जितमा खेलको ३७औँ  मिनेटमा बिकु तामाङले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। मैदानको करिब बीच भागबाट बुद्धिमान राईले दिएको लामो पासलाई उपयोग गर्दै खेलका म्यान अफ दी म्याचसमेत रहेका तामाङले किपर बिट भएको अवस्थामा डिबक्सभित्रबाट प्रहार गरेको बलले सीधै जाली चुमेको थियो।

खेलमा अग्रता लिएको तीन मिनेट नबित्दै एपिएफले अग्रता दोब्बर पार्ने क्रममा युवराज खड्का खेलको ४०औँ मिनेटमा गोल गरेका थिए।

प्रदीप लामाले दिएको क्रस पासलाई युवराजले डिबक्सभित्र होल्ड गरेसँगै होल्ड गरेको बललाई बिकु तामाङले पोस्टतर्फ प्रहार गरेका थिए। तामाङको प्रहार विपक्षी किपर सौरभ बरालको हातमा लागेर फर्किएपछि सोही बललाई डिबक्सभित्रबाट युवराजले ग्रता दोब्बर बनाउन सफल भएका थिए।

यसअघि खेलको ७ मिनेटमा धरानका वर्तमान राईले डिबक्सभित्रबाट हानेको प्रहार खेर जाँदा टोलीलाई अग्रता दिनबाट चुकेका थिए। २५औँ मिनेटमा प्रकाश बुढाथोकीले प्रहार विपक्षी खेलाडी मनबहादुर मगरले विफल पारिदिएका थिए।

एपिएफका सनिश श्रेष्ठ गोललाइननजिकैबाट गोल गर्न चुके। ३१औँ मिनेटमा एपिएफका नवीन लामाले हानेको प्रहार सीधै विपक्षी किपरको हातमा पुगेको थियो। त्यसलगतै मनबहादुर मगरले हानेको प्रहार विपक्षी किपरको हातमा लागि क्रसबार नजिकैबाट बाहिरिएको थियो। खेलको ४५+२ मिनेटमा धरानका कप्तान सौरभ विकको हेड प्रहार फस्टबार नजिकैबाट बाहिरिएको थियो। ५९औँ मिनेटमा विपक्षी किपर बिट भएको अवस्थामा बिकु गोल गर्नबाट चुके। 

खेलको अन्तिमतिर धरानका टपन कार्कीको प्रहार सीधै विपक्षी किपरको हातमा पुगेको थियो भने डिबक्सभित्रबाट मिलन लिम्बूले हानेको राम्रो प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो। 

जितपछि एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो हापमा खेलाडीले राम्रो खेलेको र पाएका अवसर सदुपयोगसमेत गरे बताए। हारपछि धरानका प्रशिक्षक सागर घिमिरेले राम्रो खेल्दाखेल्दै पनि पाएका अवसर सदुपयोग गर्न नसक्दा हारेको बताए। 
 

ad
ad