१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

पूर्वराजदूत आचार्यको ‘कूटनीतिक डायरी’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:४६:oo

चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्यद्वारा लिखित पुस्तक ‘कूटनीतिक डायरी’ सार्वजनिक भएको छ। पूर्वपरराष्ट्रमन्त्री एवं भारत र अमेरिकाका लागि राजदूत डा भेषबहादुर थापाले पुस्तक विमोचन गरेका हुन्।

२०५५ सालदेखि २०५९ सम्म चीनका लागि राजदूत रहँदाका घटनाक्रम र व्यक्तिगत अनुभव समेटेर आचार्यले पुस्तक प्रकाशन गरेका हुन्। 

कार्यक्रममा पूर्वमन्त्री थापाले छिमेकी भारत र चीनबीच सन्तुलन कायम गर्दै नेपालको अवस्था सुदृढ गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बताए। मुलुकको राष्ट्रिय आवश्यकता पूरा गर्न छिमेकीहरूबीच सन्तुलन आवश्यक रहेको उनको भनाइ थियो। उनले चिनियाँ तत्कालीन प्रधानमन्त्री चाउ एन लाईको सकारात्मक व्यवहारबाट आफू निकै प्रभावित भएको अनुभव सुनाएका थिए।

तत्कालीन राजा वीरेन्द्रका सचिव चिरन शमशेर थापाले चिनियाँ नेता माओत्से तुङका पालामा काठमाडौंमा चिनियाँ रेल ल्याउने सपना देखाइएको बताए। चीनले नेपाललाई सधैँ सम्मान गर्ने गरेको अनुभव सुनाएका उनले राजा वीरेन्द्रको चीन भ्रमणमा ६ पटक सँगै जाँदा चिनियाँ नेताहरू नेपालप्रति सकारात्मक रहेको पाएको पनि बताए। राजदूत आचार्यले लेखेको पुस्तक कूटनीतिक डायरी विश्वसनीय र स्तरीय रहेको उनको भनाइ थियो।

पुस्तकमाथि वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, सौरभ एवं पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले टिप्पणी गरेका थिए। पूर्वराजदूत आचार्यले अहिलेसम्म नलेखिएका र जनताले थाहा पाउनुपर्ने अनुभवजन्य विषय समेटेर पुस्तक लेखेको बताए। उनले चीनसँग सम्बन्धमा अहिले न्यानोपन नभएको बताए। ‘चीनसँग हाम्रो सम्बन्ध समस्यारहित छ। तर, सन्देह वा शंकारहित सम्बन्ध अहिले छैन,’ राजदूत आचार्यले भने।
 

ad
ad