Skip This
बागमती गोल्डकप पौष २४ देखि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १३:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बागमती गोल्डकप पौष २४ देखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:४३:oo

मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यहि पौष २४ गतेदेखि ५औं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।

आयोजक समितिले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो। माघ ३ गतेसम्म चल्ने गोल्डकपमा एक विदेशी टिमसहित १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष टीकालाल श्रेष्ठले जानकारी दिए।

बागमती– ८ स्थित जनता माविको खेल मैदानमा हुने प्रतियोगितामा अमेरिकाको ‘भुटनिज युथ स्पोर्ट्स क्लब’सहित ए डिभिजनका ७ र मोफसलका २ वटा टिमको सहभागिता रहने छ। प्रतियोगितामा विभागीय क्लबहरु नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, मच्छिन्द्र, हिमालयन शेर्पा, चर्च ब्वाइज, जावलाखेल युथ र मकवानपुर–११ को सहभागिता रहने छ।

प्रतियोगिताको उपाधि विजेता टोलीले ८ लाख नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले ४ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष श्रेष्ठले बताए।

यसैगरी प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले समेत जनही १०÷१० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। हरेक खेलको म्यान अफ दि म्याचलाई समेत नगद ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। यसअघि चौँथो संस्करणको उपाधि ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो।
 

ad
ad