१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि तेस्रो चरणको धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:३३:oo

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवि खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेकाे छ। चारबुँदे मागसहित उनीहरूले काठमाडौंको माइतीघरमा धर्ना सुरु गरेका हुन्।

निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित तेस्रो चरणको आन्दोलन सुरु गरेको अधिकारर्मी रुवि खानले बताइन्। उनले निर्मला र नन्कुन्नी न्यायका लागि राज्यबाट आवश्यक काम हुन नसकेको बताइन्।

सरकारले पटकपटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेकामा उनले आपत्ति जनाएकी छन्। प्रहरीले नै अपराधीको रक्षा गरिरहेको उनको आरोप छ।

‘अहिलेसम्म सरकारले आन्दोलनकारी महिलासँग दुईपटक वार्ता गरेको छ, तर अदालतसम्म मुद्दा पुगेको छैन, अनुसन्धान गरेका छौँ मात्रै भनेको छ। प्रहरीले नै प्रमाणहरू नष्ट गरेको छ। प्रहरीले नै अपराधीको रक्षा गरेको छ। अहिले बाँकेमा निर्मलाले न्याय नपाउँदा आठ–नाैजना महिलाको हत्या भइसकेको छ। अपराधीहरूको हौसला बढिरहेको छ, अन्यायमा परेकाहरूले न्याय नपाउँदा,’ उनले भनिन्।

घटनापछि न्यायको माग गर्दै पहिलोपटक उनीहरू नेपालगन्जबाट २० दिनको पैदला यात्रा गर्दै काठमाडौं आएका थिए। उनीहरूले माइतीरघरमा १९ दिन धर्ना दिएका थिए। घटनाको छानबिन गर्ने गृह मन्त्रालयको प्रतिबद्धतापछि धर्ना तोडे पनि सरकारले प्रतिबद्धता पूरा नगरेपछि उनीहरूले दोस्रो चरणमा ४२ दिनसम्म आन्दोलन गरेका थिए।

ad
ad