१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

बुटवलमा शुक्रबारदेखि सडक खाना महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:४३:oo

बुटवलमा शुक्रबारदेखि तीनदिने सडक खाना महोत्सव हुने भएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले चौथो बुटवल सडक खाना महोत्सव गर्न लागेको हो।

‘अतिथि देवो भवः, नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो सान, आन्तरिक पर्यटन प्रवर्द्धन र रोजगारीको सिर्जना हाम्रो अभियान’ भन्ने नाराका साथ पुस १५ देखि १७ गतेसम्म बुटवलको कालिकापथमा महोत्सव गर्न लागिएको हो।

साँझ ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करिब एक करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने र एक लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान रहेको संघका महासचिव माधवकुमार खनालले बताए। महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार बेलुकी ५ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष रामप्रसाद गौतमले बताए।

महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक परिकारको प्रचारप्रसारका साथै बजारीकरणलगायतमा टेवा पुग्ने विश्वास लिएको संघका अध्यक्ष  गौतमको भनाइ छ।

महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूका साथै जिल्लाभित्र र बाहिरका विभिन्न प्रकारका खानाका परिकारका सयवटा स्टल राखिने अध्यक्ष गौतमले बताए। महोत्सवलाई व्यवस्थित गराउन विभिन्न उपसमिति गठन गरिएको छ।

ad
ad