१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २१ शुक्रबार o८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश १ सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन १७ पुसदेखि  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४३:oo

प्रदेश १  सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन १७ पुसदेखि सुरु हुने भएको छ । वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वमा  सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेपछि अब प्रदेश १ सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पहिलो बैठक १७ पुसमा सुरु हुने निश्चित भएको हो । 

१७ पुसदेखि सुरु हुने प्रदेश १ सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनले सभामुख र उपसभामुख चयन गर्नेछ । त्यसपछि नयाँ सरकार निर्माण गर्नेछ । साथै दाेस्रो कार्यकालका लागि  विषयगत समितिका सभापतिहरू पनि  चयन गरिनेछन् । 

दोस्रो कार्यकालको पहिलो अधिवेशनको पहिलो बैठकको सञ्चालन ७९ वर्षीय ज्येष्ठ सांसद गयानन्द मण्डलले गर्नेछन् । प्रदेश १ सभामा  दोस्रो कार्यकालका लागि प्रत्यक्षतर्फ ५६ जना र समानुपातिकतर्फ ३७ जना सांसद  निर्वाचित भएका छन् । उनीहरू सबैले  ११ पुसमा शपथ लिएका छन् । ज्येष्ठ सांसद गयानन्द मण्डललाई सोमबार दिउँसो साढे १२ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले कार्यालयमा शपथ खुवाएका थिए । त्यसपछि बाँकी ९२ जना सांसदलाई ज्येष्ठ सांसद मण्डललले प्रदेश सभा भवनमा शपथग्रहण गराएका थिए ।  

४ मंसिरमा सम्पन्न दोस्रो आमनिर्वाचको प्रत्यक्ष र समानुपातिकतर्फको सार्वजनिक मतपरिणामअनुसार एमालेको प्रत्यक्षतर्फ २५ र समानुपातिकमा १५ सिट गरी जम्मा ४० सांसद छन् । दोस्रो दल कांग्रेसको प्रत्यक्षमा १७ र समानुपातिकमा १२ मतसहित जम्मा २९ सांसद छन् ।

माओवादी केन्द्रको प्रत्यक्षमा नौ र समानुपातिकमा चार गरी जम्मा १३ जना सांसद छन् । राप्रपाको प्रत्यक्षतर्फ दुई र समानुपातिक चार गरी जम्मा ६ जना सांसद छन् । एकीकृत समाजवादीको प्रत्यक्षमा तीन र समानुपातिकमा एकजना गरी चार जना र जनता समाजवादीको समानुपातिकतर्फ एकजना मात्र सांसद निर्वाचित भएका छन् । 
 

ad
ad