१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १० आइतबार १७:५६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न व्यवसायीहरूको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १० आइतबार १७:५६:००

पर्यटन व्यवसायीहरुले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्। पर्यटन व्यवसायीहरूले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका हुन्।

उनीहरूले नेपालमा पर्यटकको लागि आवश्यक सेवासुविधा ठमेलमा नै रहेको भन्दै नेपालको विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक रहेको बताए। ठमेल पर्यटन परिषद्का अध्यक्ष भवीश्वर शर्माले नेपालको पहिलो पर्यटकीय नगरी ठमेल भएकाले सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताए। उनले ९९ प्रतिशत पर्यटन व्यवसायी ठमेलमा नै रहेकाले नेपालमा आउने ८० प्रतिशत पर्यटकहरू ठमेलमा पुग्ने गरेको बताए।

काठमाडौं महानगरले स्थानीय निर्वाचनपछि सार्वजनिक शौचालय घोषणा अभियान गरे पनि कार्यान्वयन नभएको भन्दै अध्यक्ष शर्माले ठमेलमा कम्तीमा ४ वटा सार्वजनिक शौचालय बनाउन आवश्यक रहेको बताए। कोरोना महामारीपछि सिथिल बनेको पर्यटन क्षेत्र विस्तारै लयमा आउन थालेको भन्दै उनले पर्यटन आकर्षण बढाउनका लागि ठमेललाई ब्युटिफिकेसन गर्ने काम सुरु गरिएको जानकारी दिए।

त्यसैगरी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले कोरोना महामारीभन्दा पछिल्लो समय नेपालमा पर्यटन आगमनमा वृद्धि भएको बताए। सन् २०१९ मा भित्रिएका पर्यटकको हाराहारीमा २०२३ भित्र नै पुग्ने व्यवसायीहरूको अपेक्षा रहेको उनको भनाइ छ। उनले पर्यटक नेपालमा ल्याउनको लागि सरकारले डिजिटल प्रविधिअनुसार मार्केटिङमा सहजीकरण गर्नुपर्ने बताए।