१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:o७:oo

काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुलाउन आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउन निर्देशन दिएसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल सुरु गरेका हुन् । ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला राख्न जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्छाैँ ।’ उनले व्यापार–व्यवसाय सञ्चालनका लागि व्यवसायी र स्थानीय सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिने बताए । व्यवसायीले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन पनि पाउनेछैनन् । 

प्रमुख जिल्ला अधिकारी बस्नेतले अहिलेको भन्दा आपराधिक क्रियाकलाप बढ्न सक्ने अनुमानका आधारमा सोहीअनुसारको सुरक्षा प्रणाली विकास गरिने उल्लेख गरे । व्यवसायीले अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन हुने गरी ध्वनि प्रदूषण गर्न नपाउने उनको भनाइ थियो । 

छलफलमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले लामो समयदेखि ठमेलमा २४सै घण्टा व्यापार–व्यवसाय गर्न पाउनुपर्ने माग परिषद्ले राख्दै आएको बताए । ‘परिषद्ले ठमेललाई कसरी व्यवस्थित र अपराधमुक्त बनाएर सञ्चालन गर्न सकिन्छ भन्नेबारे पटक–पटक सम्बन्धित निकायसँग छलफल गर्दै आएको छ ।’ दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबारमार्गलाई २४सै घण्टा खुला गर्न हरेक हिसाबले उपयुक्त भएको बताए । 

ad
ad