१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नाफामा अघि बढ्दै उत्तरगया कृषि सहकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:४२:oo

रसुवाको उत्तरगया गाउँपालिकास्थित उत्तरगया कृषि सहकारी नाफा आर्जनमा अघि बढ्दै गएको छ। सहकारीले चालू आर्थिक वर्षको हालसम्म करिब दुई लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

शनिबार सहकारीको दोस्रो साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा सहकारीले एक लाख ९१ हजार खुद नाफा आर्जन गरेको सहकारीका अध्यक्ष ईश्वरलाल श्रेष्ठले जानकारी दिए। सहकारीले आर्थिक वर्ष ०७८/७९ मा दुई करोड ५० लाख लगानी गरेको छ।

सहकारीको दोस्रो साधारणसभा उद्घाटन गर्दै उत्तरगया गाउँपालिकाका पूर्वअध्यक्ष एवं कांग्रेसका स्थानीय नेता उपेन्द्र लम्सालले दुई करोडभन्दा बढी कारोबार गर्ने उक्त सहकारीको प्रगतिले खुसी बनाएको बताए।

सहकारीले आफनो साधारणसभाको अवसरमा सहकारीमा आबद्ध जेष्ठ बचतकर्तासहित बचतकर्ताहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरेको छ। कृषक र कृषि पेसालाई प्रोत्साहन गरी उत्पादन बढाई आयआर्जनमा सक्षम बनाउने उद्देश्यले स्थापना गरिएको सहकारीमा २९ जना सेयर सदस्य पुगेका छन्।

ad
ad