१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १४:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अमेरिकी सदनद्वारा १.७ ट्रिलियन डलरकाे 'विशेष आर्थिक प्याकेज' पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:३६:oo

अमेरिकी प्रतिनिधि सभाले शुक्रबार संघीय सरकारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विशेष आर्थिक प्याकेज पारित गरेको छ।

उक्त १.७ ट्रिलियन अमेरिकी डलरको ओम्निबस बिल बिहीबार सिनेटले पारित गरेर ह्वाइट हाउस पठाइँदैछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार उक्त प्याकेज आफ्नो डेस्कमा पुग्नेबित्तिकै हस्ताक्षर गर्ने बताएका छन्।

एक हप्ताको निरन्तर छलफलपश्चात चार हाजर पृष्ठ लामो उक्त प्रतिवेदन अब राष्ट्रपतिको हस्ताक्षरको पर्खाइमा छ।

आर्थिक वर्ष सन् २०२३ को लागि ठूलो खर्च कानुनमा गैररक्षा, घरेलु कार्यक्रमका लागि ७७२.५ बिलियन डलर र रक्षा कोषमा ८५८ बिलियन डलर समावेश छ। यो रकम अघिल्लो वर्षको तुलनामा झण्डै १० प्रतिशतले बढेको छ।

यसले रुससँग चलिरहेको द्वन्द्वको बीच युक्रेनका लागि करिब ४५ अर्ब डलर आपतकालीन कोष पनि उपलब्ध गराउँदै छ। सैन्य गतिविधिमा ठूलो रकम खर्च गरेकोमा संयुक्त राज्य अमेरिकाको चर्को आलोचना भइरहेको  बेला यो कोष आएको हो। 

ad
ad