१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ८ शुक्रबार १५:२८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

केएफसीको पन्ध्रौँ शाखा सुन्धारास्थित काठमाडौं मलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ८ शुक्रबार १५:२८:००

अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौँ शाखा विस्तार गरेको छ। काठमाडौं महानगरपालिका– २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाडौं मल)मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइज र देवयानी इन्टरनेसनल नेपाल प्रालिले नेपालकै पहिलो केएफसी फ्यागसिप स्टोर सञ्चालनमा ल्याएको हो।

केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टमध्येको एक मानिन्छ। नयाँ शाखा सञ्चालनसँगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘केएफसी सेलिब्रेसन मिल’लगायतका नयाँ अफरसमेत ल्याएको छ।

यस रेस्टुराँमा ग्राहक आफैँले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनी गरी द्रुत सेवासमेत लिन सक्ने बताइएको छ। हरेक ग्राहकले कस्टुमर डिस्प्ले स्क्रिनबाट आफूले गरेको अर्डर बनिराखेकोसमेत ट्रयाकिङ गर्न सक्नेछन्।

दुई हजार तीन सय ३४० वर्गफिटमा खोलिएको यो रेस्टुरेन्टमा एकपटकमा ७० जना ग्राहकले सेवा लिन सक्नेछन्। रेटुरेन्टले हाल बिहान ९ बजेबाट रातको  ९ बजेसम्म डाइन–इन र टेक अवेमार्फत सेवा दिइरहेको छ। फुडमान्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवामार्फत घरै बसेरसमेत विश्वस्तरीय परिकारको मज्जा लिन सकिनेछ।